सीमा नाकामा हेल्थडेस्कको संरचना निर्माण गर्ने
नेपालबहस संवाददाता
जेठ २२, २०७८ शनिबार २०:३२:१०
२२ जेठ, झापा । सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ । विश्व आप्रवास सङ्गठन (आइओएम)ले बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा स्वास्थ्य मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा अमृत सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ ।
विश्व आप्रवास सङ्गठन ९आइओएम०ले गत बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा अमृत पोखरेलले सो जानकारी दिएको हो ।
उनले सबै स्थल सीमा नाका र त्रिभुवन विमानस्थलको हवाई नाकामा आवागमन गर्नेहरुको अनिवार्य स्वास्थ्य जाँच गरी रेपिड डाइग्नोस्टिक टेस्ट (एन्टिजेन) विधिबाट कोभिड–१९ को परीक्षण भइरहेको बताए । उनले काँकडभिट्टा नाकामा हेल्थ डेस्कका लागि कोभिड डेडिकेटेड एम्बुलेन्स सेवा र सुविधासम्पन्न भवनको खाँचो औंल्याए ।
उनका अनुसार हेल्थडेस्क भवन निर्माणका लागि सरकारले रु ५० लाख बजेट छुट्याएको छ । ‘‘२१ औं शताब्दीमा नयाँ नयाँ रोगहरु आउँछन्, पुराना रोगहरु पनि फर्केर आइरहेका छन्,’’ डा पोखरेलले भने, ‘‘कोभिडले पनि छिटै छोडिहाल्ला भन्ने देखिदैन । कोभिडसँगै जिउने कला हामीले सिक्न जरुरी छ ।’’
स्रोत साधनको कमीले नाकाको व्यवस्थापन फितलो भए तापनि हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीले जोखिम मोलेर कोभिड नियन्त्रणमा महत्वपूर्ण योगदान दिइरहेको उनको भनाइ छ । महाशाखाको टोलीले काँकडभिट्टा र पशुपतिनगर नाकाको निरीक्षण गरेको जनाएको छ । उनले समुदायले स्वास्थ्य मापदण्डको पालना नगरे आउँदो कात्तिकतिर कोभिड सङ्क्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार