माइती नेपालद्धारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार १९:१८:४
२८ जेठ,विराटनगर । कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।
माइती नेपाल मोरङले नेपाल पत्रकार महासंघ मोरङमा आबद्ध पत्रकारको सुरक्षा र सहजताका लागि सर्जिकल मास्क, ग्लोब्स र सेनिटाइजरलगायत सामग्री प्रदान गरेको छ । माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जिल्लामा खटिने सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि आज यहाँ महासंघका जिल्ला अध्यक्ष सन्जिव खनाललाई सो सामग्री प्रदान गरेका हुन् ।
सो अवसरमा संयोजक पोखरेलले कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे ।
महासंघका जिल्ला अध्यक्ष खनालले प्राप्त स्वास्थ्य सामग्रीले सञ्चारकर्मीलाई स्वास्थ्य जोखिम कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जिल्लामा २१ पत्रकार कोरोना भाइरस संक्रमित भएको र तीमध्ये अहिले तीन जना होम आइसोलेशनमा र एक जनालाई अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार