नयाँ संरचना बनेपछि फेरिँदै दोभान बजारको मुहार
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार २३:२५:३४
२८ जेठ,फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । तीन महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरुको पुनर्निर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो ।
जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आगलागी भएको थियो । कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर्थात मुहार फेरिँदै गएको छ ।
हालसम्ममा डेढ दर्जनभन्दा बढी घर संरचनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोरपारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको बताइएको छ ।
साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको बजार अर्थात व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता सूर्यमान बराइली बताउछन् । बराइलीका अनुसार चारवटै गाउँपालिकाका स्थानीय उपभोक्ताको सबै उपभोगका सामान खरिद बिक्री गर्ने केन्द्र दोभान बजार नै हो ।
पछिल्लो समय गाउँगाउँसम्म सडकको पहुँच तथा यातायात सुविधा पुगे पनि बाहिरबाट आयात हुने सामान दोभान बजारमै केन्द्रित गरेर त्यसपछि मात्र गाउँ पुग्ने मैवाखोला गाउँपालिका–३ का वडाध्यक्ष थर्ककुमार चोङ्बाङको भनाइ छ । त्यस्तै ग्रामीण क्षेत्रमा उत्पादित अलैँची, अम्लिसो, अदुवालगायत निकासी हुने सबै वस्तु दोभान बजारमै केन्द्रित गरेर बाहिर निर्यात गर्ने गरिन्छ । यसरी जिल्लाको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा शुरुदेखि नै तीव्रता दिन थालिएको स्थानीयवासी बताउँछन् ।
व्यापारिक केन्द्रका साथै अग्निपीडितले पुनःस्थापित हुनुपर्ने भएकाले संरचना पुनर्निर्माणमा चाँडो गर्नुपर्ने बाध्यता भएको बताउँछन् । केही बचत भएको रकम खर्चिएर तथा ऋण काढेर भए पनि घर संरचना पुनर्निर्माण गर्नुको विकल्प नभएपछि आगलागीका विस्थापितले संरचना निर्माणको कार्य शुरु गरेका अग्निपीडित भोला पौडेलले बताए । पौडेलका अनुसार केहीबाहेक अधिकांश घरधनी अग्निपीडितले नयाँ संरचना बनाउन थालेका छन् ।
यता आगलागी भएको दोभान बजारमा नयाँ संरचना निर्माण गर्नका लागि स्थानीय सरकारका रूपमा रहेको मेरिङ्देन गाउँपालिकाले भने पुनर्निर्माण मापदण्ड बनाएको छ । नयाँ संरचना निर्माणमा पिलर ९खम्बा० सहित इँटा तथा ढुङ्गा प्रयोग गरेर अनिवार्य पक्की घर निर्माण गर्नुपर्ने गाउँपालिकाले मापदण्ड बनाएको थियो । हाल सोही मापदण्डानुसार घर तथा संरचनाहरु निर्माण हुँदै आएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताए ।
दोभानलाई नमूना बजारका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले पुनर्निर्माण मापदण्ड बनाएको गाउँपालिकाले जनाएको छ । अधिकांश काठ तथा जस्तापाता प्रयोग गरेर बनाइएका कच्ची घर संरचना भएका कारण आगलागीबाट छोटो समयमै आधा बजार जलेर खरानी भएको थियो । त्यसबेलाको आगलागीले रु ४० करोडभन्दा बढीको क्षति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार