महिलाको आयआर्जनमा विकास गर्न बाख्रा उपहार
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १९:७:५६
३० जेठ,फुङ्लिङ । पाथीभरा याङवरक गाउँपालिकाले महिलालाई बाख्राको पाठी उपहार दिन शुरुआत गरेको छ । महिलाको आयआर्जनमा विकास गर्नका लागि गाउँपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
महिला लक्षित आयआर्जन तथा सीप विकास कार्यक्रममार्फत गाउँपालिकाभित्रका लक्षित महिललाई बाख्राको पाठी उपलब्ध गराएको गाउँपालिकाका पशु शाखा कार्यालय प्रमुख भीमलाल बयलकोटीले जानकारी दिए । विपन्न तथा लक्षित समुदायको आयआर्जन विकास गर्नका लागि गाउँपालिकाले छनोट गरेको महिलालाई पाठी उपलब्ध गराउने उनले बताए । गाउँपालिको प्रत्येक वडामा दशजना विपन्न महिलालाई पाठी खरीद गर्नका लागि छ हजारका दरले ६० हजार र प्रत्येक वडामा बीउ बोका खरीद गर्न लागि रु १५ हजार पशु शाखा कार्यालयको कार्यक्रममार्फत पाठी उपलब्ध गएको पशु शाखाले जनाएको छ । गाउँपालिकामा आठ वडा रहेको छ । प्रत्येक वडामा दश वडा बाठी र बीउ बोका गरी ८० बाठी र आठ बोका वितरण हुने पशु शाखाले जनाएको छ ।
महिला तथा बालबालिका शाखा र गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत महिलालाई लक्षित गरेर आवश्यकताअनुसार समूह गठन गरेर विभिन्न आयआर्जनको विकास गर्नका लागि भिन्न कार्यक्रम सञ्चालन गर्दै आएका उपाध्यक्ष रनमाया गुरुङले बताइन् । महिलालाई जीविकोपार्जनसँगै व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले महिला लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले जानकारी दिइन ।
गाउँपालिकाभित्रका ३७० घरका महिलालाई पाठी उपहार उपलब्ध गराइसकेको जनाइएको छ । उनले भनीन्, “महिलाहरुको सीप विकास र आयआर्जन विकास गर्नका लागि म निर्वाचित भएसँगै लागिपरेको छु ।” समुदायको माग र आवश्यकताअनुसार पशु शाखा कार्यालयका प्राविधिक कर्मचारीहरुले समूह गठन गर्ने र आवश्यक परामर्श र सहजकर्ताको काम गर्दै आएको गाउँपालिकाका महिला तथा बालबालिका शाखाप्रमुख रामकला कार्कीले बताइन् । विपन्न परिवार तथा लक्षित महिलालाई प्रत्यक्ष जीविकोपार्जन गर्नमा टेवा पुगेको उनले बताइन् ।
अघिल्लो आवमा ३०० महिलालाई उन्नत जातको बाख्रा उपलब्ध गराइएको थियो । भने चालु आवमा ३७० महिलालाई पाठी उपलब्ध गराइएको थियो । महिलाहरु आयआर्जन तथा जीविकोपार्जन कार्यक्रममा चालु आवमा गाउँपालिकाले रु २० लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । आगामी आवको बजेटमा पनि कार्यक्रलाई निन्तरता दिने उपाध्यक्ष गुरुङले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार