ओखलढुङ्गामा ३ लाख बराबरको स्वास्थ्य सामग्री वितरण
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार २०:१८:५९
३० जेठ,ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–२ घर भई हाल राजधानी काठमाडौँ बसोबास गर्दै आएका युवाहरुले सहयोग सङ्कलन गरी गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् । सामाजिक कार्यमा संलग्न युवाहरुले सामाजिक सञ्जालमार्फत सहयोग रकम सङ्कलन गरी रु तीन लाख बराबरको स्वास्थ्य तथा राहत सामग्री गाउँमा ल्याई हिजो र आज वितरण गरेका हुन् ।
उनीहरुले १०० बोरा चामल, १०३ प्याकेट नुन, १०० प्याकेट खाने तेल, तीन सेट अक्सिजनसहित सिलिण्डर, सात हजार प्रतिमास्क, स्यानिटाइजर, डिजिटल थर्मोमिटर, अक्सिमिटरलगायत सामग्री गाउँको स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय र स्थानीय घरघरमा वितरण गरेको रामपुर युवा सञ्जालका अर्जुन दाहालले बताए ।
अक्सिजनसहितको सिलिण्डर सेट रामपुरको स्वास्थ्य चौकीलाई प्रदान गरिने भन्दै अर्का युवा विक्रम दाहालले कोरोना महामारीको समयमा गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गर्नका लागि राजनीतिक नेता, कार्यकर्ता, समाजसेवी, शिक्षक र युवाहरुले सहयोग गरेको बताए । चामल, नुन, तेल भने विपन्न परिवारलाई प्रदान गरिएको छ ।
स्थानीयवासी इन्द्र कार्कीले कोरोना महामारीले सबै काम ठप्प भएका बेला युवाहरुको सक्रियतामा सहयोग सङ्कलन गरी गाउँमा वितरण गरेकामा उनीहरुलाई धन्यवाद दिए । ओखलढुङ्गा जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ८७ र मृतकको सङ्ख्या आठ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार