निषेधाज्ञामा फेरिँदै फुङलिङ बजारको सौन्दर्य
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार २३:२२:५९
३० जेठ,फुङ्लिङ । निषेधाज्ञाका समयमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रको स्वरुप फेरिँदै गएको छ । कोरोना महामारीका कारण बजार सुनसान भएका समयमा मुख्य सडकहरु धमाधम मर्मत तथा कालोपत्रे र ढलान हुन थालेपछि बजारको सौन्दर्य फेरिएको हो ।
कोभिड—१९ संक्रमण फैलिन नदिनका लागि गत वैशाख २१ गतेदेखि जिल्ला प्रशासनले निषेधाज्ञा लागु गरेपछि फुङ्लिङ बजार सनुसान भएको समयमा सडक मर्मत तथा कालोपत्रे गर्न थालिएको छ । फुङ्लिङ बजारको तोक्मे डाँडादेखि टुक्रे बजारसम्म केही ठाउँमा रड, गिटीसहित ढलान गरिएको छ भने अधिकांश सडकको क्षेत्र कालोपत्रे गरिएको छ ।
बजारभित्रको सडक पहिले कालोपत्रे गरिएको भए पनि ठाउँ–ठाउँमा भत्किएर सवारी साधन सञ्चालनमै अप्ठ्यारो हुँदै आएकोमा पुनः कालोपत्रे र ढलानसहित मर्मत सुधार गरिएपछि सहज भएको छ । कालोपत्रे र ढलानसहित बजारभित्रको सडक निर्माणले यातायात सञ्चालनमा सहज भएको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले बताए । बजारभित्रको सडक पहिले नै कुनै क्षेत्र कालोपत्रे र कुनैमा ढलान गरिएको भए पनि ठाउँ–ठाउँ भत्किएर खाल्डाखुल्डी बनिसकेको अवस्थामा पुनः मर्मत सुधारले सवारी साधन चलाउनलाई सहज भएको नगर प्रमुख प्याकुरेलको भनाइ छ । त्यस्तै सडकको मर्मत सुधारले बजारको सौन्दर्य बढाएको उनी बताउछन् ।
सडक डिभिजन कार्यालय, इलाममार्फत कार्यान्वयन भएको करीब रु डेढ करोड बराबरको बजेटले कालोपत्रे, ढलानलगायत अन्य सडकको मर्मत सुधारको कार्य गरिएको कञ्चनजङ्घा निर्माण सेवाले जनाएको छ । फुङ्लिङ बजारभित्रको मुख्य सडकमा वारपार कालोपत्रे गरिएको निर्माण कम्पनी कञ्चनजङ्घा निर्माण सेवाका प्रतिनिधि विनोद भारतीले बताए ।
पहिले ढलान भई भत्किएको टुक्रे रेडक्रस क्षेत्रको सडक पुनः ढलान गरिएको भारतीले बताए । यस्तै सोही बजेटले कोप्चे बजारको देवीथान धारादेखि कञ्चनजङ्घा बोर्डिङ–रिजाल लाइन सडकमा ठाउँ–ठाउँमा ढलान गर्ने, वाल, नाली निर्माणको कार्य गरिएको छ भने सुकेटार क्षेत्रको सडकमा पनि भत्किएको ठाउँमा मर्मत सुधारको कार्य गरिएको छ । सदरमुकाम बजारभित्रको मुख्य सडक कालोपत्रे, ढलान र अन्य निर्माणको कार्य करीब अन्तिम चरणमा पुगेको पनि भारतीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार