पूजा र श्वेताले सिन्धुपाल्चोकका बाढी प्रभावितहरुलाई सहयोग वितरण गर्ने
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १९:४३:३९
३ असार, काठमाडौं । नेपाली चलचित्रका नायिका पूजा शर्मा र स्वेता खड्काले सिन्धुपाल्चोकका बाढी प्रभावितहरुलाई सहयोग वितरण गर्ने भएका छन् । मेलम्चीमा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग गर्न अगाडि सरेका हुन् ।
नायिका पूजा सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि शुक्रबार सहयोग वितरण गर्ने तयारी गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मिएर काठमाडौंमा कलाकारिता गरिरहेकी यी नायिकाले सुख आफूलाई मात्र भएर पनि मन खुशी नहुने भन्दै अरुलाई दुःख पर्दा मन रुने कुरा उल्लेख गरेकी छिन् ।
उनले, आफ्नो र आफ्ना साथीहरुको क्षमताले भ्याएसम्म केही सामान लिएर शुक्रबार सिन्धुपाल्चोक जान लागेको उल्लेख गरेकी छिन् । यस्तै, नायिका स्वेता खड्काले पनि मेलम्चीको समस्या सबैको समस्या भएको भन्दै शुक्रबार सहयोग वितरण गर्न जाने तयारी गरेकी छिन् ।
श्वेताले विभिन्न सहयोगीहरुको साथमा खाद्यान्न लिएर मेलम्ची जाने उल्लेख गरेकी हुन् । श्वेताले यो विपद्को घडीमा आफूले सहयोगको पाइला अघि सारेको र यसमा हातेमालो गर्न सबैसँग अपिल गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार