धिताेपत्र बोर्डको ‘एक्सन’ पछि बजारमा आएको पहिरो रोकिएन
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार १७:१८:२४
६ जेठ, काठमाडौं । नियामक निकाय धितोपत्र बोर्डले ५१ कम्पनीमाथिको लगानी जोखिमयुक्त भएको भन्दै जोखिमयुक्त कम्पनीको नाम प्रकाशन गरेपछि बुलमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकाएक बेयरिस ट्रेन्डमा देखिएको छ ।
नेप्से साताको पहिलो कारोबारका दिन ६३.२८ बिन्दुले घटेर २९०५.१४ बिन्दुमा आइपुगेको छ । आज कुल २३१ कम्पनीको शेयर कारोबारमा आएता पनि ५ वटा कम्पनीको शेयर मूल्य बढेको छ। १७५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज कुल २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार दुई सय ८९ रुपौयाँमा कारोबार भएको छ ।
आज नेप्सेमा वर्गिकृत रहेका १३ उपसुचकमा नै उच्च गिरावट देखिएको छ । आज विकास बैंक ३.५, जलविद्युत ३.३८, फाइनान्स ३.३३ प्रतिशतले घटेको छ । त्यस्तै होटल, ट्रेडिङ, लघुवित्तत लगायत जीवन बीमा, निर्जीवन बीमा कम्पनीको शेयरमुल्य पनि अधिक मात्रामा घटेको छ ।
आज दिनभर नेगेटिभ सर्किटमा कारोबार भइरहेको गोर्खाज फाइनान्सको शेयर मूल्य बजार बन्द हुने समयमा ५.४१ प्रतिशतले बढेर बन्द भएको छ। त्यसैगरी नेशनल हाइड्रोपावर, रुरु हाइड्रोपावर, तारा गाउँ रिजेन्सी होटलको सेयर मूल्य बढेको छ ।
आज अत्यधिक गुमाउने कम्पनीहरुमा युनियन हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपरलगायत रहेका छन् । यि कम्पनीको शेयर मुल्य ८ प्रतिशत भन्दा धेरैले घटेका छन् ।
आज नेपाल पुर्न बीमा, नेपाल इन्स्योरेन्स कम्पनी, नेश्नल हाइड्रोपावर कम्पनी, एनएलजी इन्स्योरेन्स, हिमालयन डिष्टिलरि लगायतको उच्च कारोबार भएको छ ।
शेयर विश्लेशकका अनुसार बुल ट्रेन्डमा रहेको बजार घट्नु सामान्य करेक्सनको अवस्था भएता पनि यही दरमा बजारमा गिरावट आउँदै जाने हो भने धेरै लगानीकर्ताको धैर्यताको बाँध टुट्न सक्ने छ । तीन हजार अंक माथि पुगेको नेप्सेमा धेरै समयसम्म करेक्सन नआएकोले अहिलेको करेक्सनले बजार थप मजबुत भएको बजार विश्लेषक बताउँछन् ।
आर्थिक वर्षको अन्त्य हुने समय नजिकिएको कारण पनि यसबेला लगानीकर्ताहरु बाहिरिने अवस्था रहन्छ । त्यसको केही असर बजारमा पर्न सक्छ । इन्भेष्टर फोरमले भने धितोपत्र बोर्डको विज्ञप्ति कै कारण बजार ओह्रालो लागेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
जेठ ३१, २०८१ बिहिबार
नेप्सेमा आज सामान्य अङ्कको वृद्धि, कारोबार ५ अर्ब ८९ करोडमाथि
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार