एएफयूमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माण सुरू
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १७:३९:१४
९ असार, चितवन । कृषि तथा वन विज्ञान विश्व विद्यालय ‘एएफयू’ रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाईएको छ । विश्वविद्यालय परिसरमा रहेको जैविक प्रविधि केन्द्रको नयाँ भवनमा रु १५ करोड १२ लाख लागतमा प्रयोगशाला निर्माण गर्न लागिएको हो ।
विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशक प्रा.डा. अर्जुनकुमार श्रेष्ठका अनुसार प्रयोगशालाभित्र अत्याधुनिक पाँच वटा छुट्टाछुट्टै प्रयोगशाला बन्दैछन् । जहाँ पोषणको विश्लेषण ‘एनलाइसिस’, खाद्य सुरक्षा, विषादीको अवशेष पहिचान, आणविक निधान ‘मोलिकुलर डाईग्नोसिस’, खोप उत्पादन र तन्तु उत्पादन सम्बन्धी प्रयोगशाला निर्माण गरिँदै छ । श्रेष्ठले भने, “यस किसिमको अत्याधुनिक प्रयोगशाला नेपालको पहिलो हुनेछ ।”
हरेक युनिटमा वैज्ञानिकसहित जनशक्ति रहनेछन् । प्रयोगशाला निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले रु ११ करोड २० लाख र विश्वविद्यालयले रु ३ करोड ९२ लाख लगानी गर्ने छ ।
प्रयोगशाला निर्माणका लागि बोलपत्र आह्वान गरिसकिएको छ । तीन वर्षभित्रमा निर्माण सम्पन्न हुने उहाँको भनाइ छ । नेपालमै खोप निर्माण गर्ने, भ्रुणको उत्पादन गर्ने, तन्तु प्रजनन्बाट उत्पादित बेर्ना रोगमुक्त हुने भएकाले यो प्रयोगशाला कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने उनको भनाइ छ ।
यसलाई विश्व विद्यालयले ‘इण्ट्रोगेटिभ रिसर्च ल्यावरोटरी’ नाम दिएको छ । यसले प्रयोगशालाको अभावको कारण अहिले कृषिकर्मीले भोग्नु परेका समस्यालाई धेरै हदसम्म समाधान गर्ने छ । १० वर्ष अघि कृषि र वन विज्ञानको पठनपाठन, अध्ययन अनुसन्धान र प्रसारको उद्देश्यसहित स्थापित विश्वविद्यालयले अनुसन्धानमूलक कामलाई विशेष प्राथमिकतामा राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार
बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित
जेठ २, २०८१ बुधबार
नागरिक पहिलो अभियानकाे गैर दलीय राजनीतिक अभियान बारे
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार