पदको दावीले मात्रै कहीँ पुग्दैनौँ, खुल्ला बहस गरौँ: नेता गुरुङ
नेपालबहस संवाददाता
असार १५, २०७८ बुधबार १:१०:१९
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले पदको दावीले मात्रै कहीँ नपुग्ने बताएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नेता गुरुङले पदको दावीले मात्र कही नपुग्ने भन्दै खुल्ला बहस गर्नु पर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा ट्वीटरमा एक ट्वीट गर्दै नेता गुरुङले भनेका छन्, “शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निशुल्क नभएसम्म समाजवाद एउटा कथामा सिमित हुन्छ। तसर्थ कांग्रेसको १४ औँ महाधिवेशनबाट शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निशुल्क गर्ने नीतिगत निर्णय गरौं । शैक्षिक मोडलको बारेमा पनि बहस चलाऔँ ।”
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिसकेकाे छ । कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका, नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय समेत गरिसकेको छ । त्यस्तै, प्रदेश अधिवेशन भदौ १ र २ गर्नुपर्ने छ ।
यता, पार्टी सभापति शेरबहादुर देउवाले फेरि पनि दोह¥याउन चाहेपछि पूर्व महामन्त्री प्रकाशमान सिंह, उपसभापति बिमलेन्द्र निधि र महामन्त्री डा। शशांक कोइरालाले एक आपसमा छलफललाई निरन्तरता दिइरहेका छन् । उनीहरुबीच सुरु भएको छलफलले कांग्रेस भित्र नयाँ तरंग ल्याएको छ । आवश्यकता अनुसार, टिम बनाउने उनीहरुले बताउने गरेका छन् ।
आज पनि पूर्वमहामन्त्री सिंहको निवासमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो । छलफलको दायरालाई फराकिलो बनाएर सबैसित कुराकानी गर्दै जाने कुरामा नेतात्रय सहमत भएका छन् ।
शुक्रबार महामन्त्री कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने उनीहरुको तयारी छ । त्यसपछि सभापतिका प्रयासी नेताहरुसँग छलफल गर्ने उनीहरुको रणनीति छ ।
महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउन समेत नेताहरु एकमत देखिएका छन् । क्रियाशील सदस्यको विवाद पनि विधि प्रक्रिया अनुरुप समय सीमाभित्र नै सम्पन्न गराउने कुरामा समेत एकमत रहेको सिंहले बताए ।
संस्थापन पक्षबाट देउवा र निधिका अतिरिक्त गोपालमान श्रेष्ठले पनि उमेदवारी दिने बताएका छन् । तर संस्थापन इतर पक्षबाट भने धेरैले दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार