आन्दोलनरत पक्षलाई वार्तामा आउन उपकुलपति गिरीको आव्हान, मदिरा नखाएको स्पष्टोक्ति
नेपालबहस संवाददाता
असार १७, २०७८ बिहिबार १८:४३:१८
१७ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् ।
आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नगर्ने घोषणा गरेको बेला बुधबार विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीले सौहार्दपुर्ण वार्ताको आह्वान गरेका हुन् ।
वार्ताका दौरानमा आफुले कसैलाई कुनै प्रकारको दुर्व्यवहार नगरेको जानकारी गराउँदै व्यक्तिगत चरित्र हत्या गर्ने उदेश्यले परिस्थितिको गलत तरिकाले सञ्चार माध्ययममार्फत आम सर्वसाधारण बीच भ्रामक समाचार फैलाएकोमा खेद प्रकट गर्दै त्यसबाट प्रतिष्ठानको छविमा आँच पुग्न गएकोमा उनले दुख व्यक्त गरेका छन् ।
प्रतिष्ठानमा विभिन्न समस्या रहेको स्वीकार गर्दै उपकुलपति गिरीले अहिले चलिरहेको आन्दोलनले त्यसलाई निकास दिने विश्वास आफूले राखेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उपकुलपति, रजिस्टारसहित प्रतिष्ठानका चारैजना पदाधिकारीको बहिर्गमनलाई मुख्य मुद्दा बनाउँदै आन्दोलनकारी चिकित्सक तथा कर्मचारीले कार्यकक्षमा तालाबन्दी गरेकै दिन उनले वार्ताको आह्वान पनि गरेका छन् ।
उनले आन्दोलनरत पक्षको प्रतिष्ठान शुद्धिकरण अभियानलाई खुला हृदयले स्वागत गर्ने पनि बताएका छन् । साथै, आन्दोलनरत पक्षमा राष्ट्रप्रतिको कर्तव्य, नयाँ युगको सपना, स्वास्थ्य क्षेत्रको संवेदनशीलताप्रति गहिरो, अटुट र अटल निष्ठा देखेको पनि खुलाएका छन् ।
प्रतिष्ठानमा आएको १५ महिनाको दौरानमा काम गर्दैगर्दा आफ्नो तर्फबाट कुनै कमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायबाट अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने प्रतिबद्धता पनि उनले विज्ञप्तिमा जनाएका छन् ।
उपकुलपति गिरीले अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई प्रष्टीकरण सोधपछि बीपीमा पछिल्लो आन्दोलन सुरु भएको थियो । लगत्तै काठमाडौं गएर लामो समय बसेका उनी सोमबार साँझ धरान आएका थिए । प्रतिष्ठानमा अब पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्डहरु पालना गरेर पारदर्शी रुपमा छनोट गर्नुपर्ने आन्दोलनकारीको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार