सोलुखुम्बुमा मानवाधिकार उल्लङ्घनका घटना वृद्धि
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार २१:१०:३७
१ साउन, सोलुखुम्बु । यहाँ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरणअनुसार जिल्लामा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका हुन् । सन् २०२० मा ३० घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२१ को छ महिनाको अवधिमा २८ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ ।
बिहीबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्वअर्धवार्षिक समीक्षा कार्यक्रममा सबैभन्दा बढी बलात्कार र बलात्कार प्रयासका घटना बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । गत वर्ष नौ घटना भएकामा यो वर्ष छ महिनाको अवधिमा १० बलात्कार र बलात्कार प्रयासका घटना घटेको इन्सेक प्रतिनिधि भोजराज कार्कीले बताए ।
यस्तै इन्सेकको तथ्याङ्कअनुसार गत एक वर्षमा पाँच घरेलु हिंसाका घटना घटेको थियो भने चालू वर्षको छ महिनामा छ घटना घटेका छन् । यस्तै कुटपिट तथा धम्कीका घटनासमेत बढेका छन् । गत वर्ष पाँच घटना अभिलेखीकरण गरेको इन्सेकले यस वर्षका छ महिना अवधिमा छ घटना अभिलेखीकरण गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षतामा सरोकारवालाबीच गरिएको अन्तक्र्रिया कार्यक्रममा बाल यौन दुव्र्यवहारका तीन, आत्महत्या दुरुत्साहनका एक, हत्या एक र भौतिक संरचनामा क्षति एक भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । छ महिनाको अवधिमा इन्सेकको पहलमा एक बालकको उद्धार गरिएको बताइएको छ ।
यस्तै सोही घटनाको समाचार बाहिर आएपछि सात वर्षीया अनाथ बालिकाको समेत प्रहरीले उद्धार गरेको इन्सेकले जनाएको छ । इन्सेक प्रतिनिधि कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक कवित कटवालको विशेष पहलमा ती बालिकाको उद्धार गरी एसओएस बालग्राम इटहरी पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार