दिक्तेल रुपाकोट मझुवागढीको वित्तीय प्रगति ८६ प्रतिशत
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार १८:४२:३७
७ साउन, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति ८६.२५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि रु ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकामा रु ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पुँजीगततर्फ ८१.१३ प्रतिशत र चालू तर्फ ८९.७० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।
कूल विनियोजित बजेटमध्ये पुँजीगततर्फ रु ३० करोड ५४ लाख २२ हजार र चालूतर्फ रु ५० करोड सात लाख ५७ हजार गरी रु ८० करोड ६१ लाख ७९ हजार खर्च भएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए । विश्वभर फैलिएको कोरोना महामारीका कारण नगरपालिकाले लिएको वित्तीय लक्ष्य हासिल गर्न नसकिएको नगरप्रमुख रिजालले बताए ।
यसैबीच आर्थिक वर्ष २०७७/७८ सम्ममा नगरपालिकाको पाँच वडाका ११५ रोपनी बाँझो जग्गामा नगदेबालीको खेती लगाइएको छ । ‘बाँझो जमीनमा खेतीको लागि अनुदान’ कार्यक्रम अन्तर्गत वडा नं १ दिक्तेल, ६ नेर्पा, वडा नं ११ खार्मी, वडा नं १२ जालपा र वडा नं १४ बुइँपामा रहेको बाँझो जग्गामा अदुवा, बेसार, अलैँची, फलफूल तथा खाद्यान्नबाली लगाइएको हो ।
तीन वर्षदेखि बाँझिएको जग्गालाई कृषि कर्ममा उपयोगमा ल्याउनका लागि नगरपालिकाको बाँझो जमीन उपयोगसम्बन्धी कार्यविधि–२०७७ बमोजिम दश किसानलाई अनुदान उपलब्ध गराइएको छ । कृषि पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत स्थानीय सम्भाव्यता एवं राष्ट्रिय महत्वका आधारमा ‘एक वडा, एक कृषि पकेट कार्यक्रम’ सञ्चालन गरेर किसानलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गराइएको हो ।
चालू आर्थिक वर्षदेखि तिनै कृषि पकेटबाट उत्पादित उपजलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्ने वातावरण बनाउन युवालाई कृषि व्यवसायमा लगाइएको छ । आधुनिक प्रविधियुक्त कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यमी कृषि विकास कार्यक्रमबाट नमूना कृषि तथा पशुपक्षी फार्म निर्माण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार