क्लब हाउसमा आत्मानुशासनको बहस
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार १८:३४:२९
♦ अविच्छिन्न काशिल्य
८ साउन, काठमाडाैं । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएसँगै दिनहरु अत्यासलाग्दा बने । लकडाउनको सामना गर्नुपर्यो । गुप्तबासले दिनचर्या बदलियो । भर्चुअल जीवन सुरु भयो । सामाजिक सञ्जालको उपयोग बढाइयो । फेसबुक, ट्विटर, टिकटक प्रयोगकर्ता ह्वात्तै बढे । मैले पनि यी एपकै सहायता लिएँ, समय बिताउन र काम फत्ते गर्न ।
जुनदेखि ट्वीटरमा स्पेसको चर्चा भयो । म पनि स्पेसमा जोडिएँ । स्पेसमा बौद्धिक बसह र छलफल सुरु हुन थाले । कोभिड रोकथाम र व्यवस्थापनदेखि जीवन व्यवस्थापन विषयमा विज्ञहरुले स्पेसमै बहस गर्न थालिसकेका थिएँ । म यस्ता विषयको नियमित स्रोता थिएँ । यो क्रम एक महीना जारी रह्यो ।
स्पेसलाई नै ज्ञानको स्रोत बनाउने प्रयास भैरहेका बेला जुनको सुरुमै अर्को सामाजिक सञ्जाल क्लब हाउसको चर्चा हुन थाल्यो । म पनि जोडिएँ । ठ्याक्कै स्पेस जस्तै । स्पेस छोडेर क्लव हाउसका बहसतिर लागेँ । क्लब हाउसमा नयाँ रुम देख्ने बित्तिकै जोइन भैहाल्थेँ । अनेक रुमहरु । कस्ता-कस्ता विषय । हो-हल्ला, भद्रगोल लाग्ने । राम्रा बहस पनि हुँदाहुन तर मैले त्यस्ता रुमहरु भेटेको थिइनँ । त्यसैले निरन्तरता दिएनँ । फुर्सदमा मात्रै चिनेका व्यक्तिको नोटिफिकेसन आउँदा रुमहरुमा जोडिन्थेँ । तर क्लब हाउसकै लागि समय छुट्याइनँ । बरु स्पेसमै फर्किएँ ।
क्लब हाउस प्रवेशको सुरुआतमै नराम्रो छाप पर्यो । कतै छाडा बोलेका । कस्तो अनुशासनहीन मान्छेहरु । काम नभएकाहरु । म यस्तै सोच्थेँ । एक दिन समाचार पढ्दै गर्दा क्लब हाउसबारे अनलाइनमा ब्लग भेटेँ । मैले भोगे जस्तै- क्लब हाउसमा खुलेआम छाडा शब्दको प्रयोग । हुन पनि हो । अनेक नामका प्रयोगकर्ता आउने तथानाम बोल्ने जाने गर्थे । यो ब्लग पनि भोगेरै लेखिएको होला । सार्वजनिक ठाउँमा किन यस्तो ? नियमन कसले गर्ने ? कसरी गर्ने ? यस्तै प्रश्न खेलिरहे । क्लब हाउस ठीक कि बेठीक ? बसह पनि सुरु भयो ।
जब क्लब हाउसमै सुरु भयो आत्मानुशासनको बहस
क्लब हाउस राम्रो छैन भन्ने सोच बनिसकेको बेला म फेरि क्लब हाउसमै फर्किएँ । बिहीबार दिउँसो २ बजे अफिसबाट फर्किएँ । फ्रेस भएर आराम गर्दै थिएँ मोबाइल हेर्दा क्लब हाउसको एपमा नोटिफिकेशन देखियो, सवा २ बजे । फुर्सद थियो खोले । सधैंको भन्दा फरक रुम देखें ।
कस्तो राम्रो नाम, ‘सेल्फ डिसिप्लेन’ । क्लब हाउस कस्तो छाडा भन्ने लागिरहेका बेलामा यस्तो रुम भेटेपछि म केही नसोची जोइन भएँ । तत्कालै लिस्नरबाट स्पिकर प्यानलमा पुगेँ । अहो ! कसले नियमन गर्ने भन्ने सोचिरहेका बेला क्लब हाउसमै आत्मानुशासनको बसह सुरु भएपछि लाग्यो कि हामीले नै गर्नुपर्ने रैछ ।
कस्तो राम्रो आइडिया । यो रुम अष्ट्रेलियाको सिड्नीमा रहनुभएका अभियन्ता खेम शर्माले सुरु गर्नुभएको रैछ । उहाँले नै बसह अघि बढाउनुभयो । समय १ घण्टा । हरेक वक्ताले आत्मानुशासनबारे २ मिनेट बोल्न पाइने । हरेकका कुरा अनुशासित भएर सुन्नुपर्ने । आफ्नो पालोमा मात्रै बोल्नु पर्ने । यो रुम यसरी नियममा बाँधियो । एक घण्टाको बहसमा कसैले दोहोर्याएर बोलेन । तोकिएको समयभन्दा केही सेकेण्ड पनि बढी कसैले बोलेन । बल्ल लाग्यो मलाई क्लब हाउस बौद्धिक बहस गर्ने अनुशासित मञ्ज रैछ ।
आत्मानुशासनको शक्ति
यो रुम सुरु भएको पहिलो दिनको एक घण्टामा २० जना वक्ताले बोल्ने अवसर पाए । सयौं स्रोता जोडिए । नयाँ रुममा यतै धेरै मान्छे जोडिए । सायद राम्रो विषय भएर होला । समाजमा स्थापित व्यक्तिहरुले समय दिए । हामी सबैले चिनेका मोटिभेटर सौनक भट्ट, अष्ट्रेलियाका विभिन्न शहरमा रहेका नेपाली समुदायका अभियन्ताहरु, पत्रकारहरु बीच हार्दिकताका साथ आत्मानुशासनको बहस भयो ।
रुमका सबै वक्ताको जोड थियो कि खास जीवनका लागि आत्मानुशासन महत्वपूर्ण छ । यो शक्ति हो । आत्मानुशासनले जीवनलाई लयमा लैजान्छ । यो ऊर्जा हो । जीवनलाई ऊर्जा दिन्छ । लक्ष्य हासिल गर्न सहज हुन्छ । एक जना स्पिकर सागर पौडेलले भन्नुभयो, अनुशासित हुँदा ऊर्जा पैदा हुन्छ । हाम्रो आहार र व्यवहार अनुशासित हुनुपर्छ । आत्मानुशासनले मान्छेलाई अटो पाइलट मुडमा चलाउन सकिन्छ ।
यो बहसमा वक्ता सौनक भट्टले आत्मानुशासन पावरफूल भएको बताउनुभयो । के हुनुपर्छ के हुनुहुन्न भन्ने कुराको निर्णय आत्मानुशासनले गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार यही नै गर्छु भनेर अडिग हुनु पनि आत्मानुशासन हो । तर अनुसाशनमा अडिग रह्यौं भने अवसर गुमाउँछौं भन्नेतर्फ पनि सचेत हुनुपर्ने उहाँको सुझाव छ ।
आत्मानुशासनबारे दिग्गजका धारणा
अभियन्ता खेम शर्माले सहजीकरण गरेको मिटिङमा पहिलो वक्ता विनोद पौडेलले आत्मानुशासनले तनाव कम गर्नुका साथै व्यक्तिलाई लक्ष्य पूरा गर्न सहयोग गर्ने बताए । अर्का वक्ता सन्तोष दाहालले आफ्नो दैनिक जीवन यापनका क्रममा समाजलाई अनुशासन देखाउनु पर्ने भन्दै सम्मान गर्नु पर्नेलाई सम्मान र माया गर्नु पर्नेलाई माया गर्नुपर्ने बताए ।
वक्ता अनन्त कार्कीले यो मिटिङले आफ्ना आत्मानुशासनका पक्षहरु पुनर्ताजकी गराइदिएको भन्दै आत्मानुशासन बन्न च्यालेन्ज भएको बताए । गणेश महतले जीवनमा चाहिने कुरा भएकोले आफू आत्मानुशासनको मिटिङमा सहभागी भएको बताए । आत्मानुशासनले जीवनमा राम्रो भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
यस्तै वक्ता विजय पंगेनीले हरेक मान्छे आत्मानुशासनमा बस्नु पर्ने भन्दै आफू नै अनुशासनमा भइएन भने अरुले विश्वास गर्न नसक्ने बताए । प्रदीप रुपाखेतीले आफूले प्राप्त गरेको ज्ञानलाई उपयोग गर्नु आत्मानुशासन भएको बताए । ज्ञान प्राप्त गरेर पनि एक्सनमा जान सकिएन भने त्यसलाई आत्मानुशासन भन्न नसकिने उनको तर्क छ ।
आत्मानुशासन व्यक्तिको आन्तरिक विषय भएको भन्दै उनले अण्डाको उदाहरण दिए । एउटा अण्डा बाह्य प्रभाव वा कसैले फुटायो भने सकिन्छ । त्यसैलाई ओथारो बसेर माउले कोरल्यो भने अण्डा भित्रबाट फुट्छ तर एउटा जीवनको जन्म हुन्छ ।
वक्ता नवीन पौडेलले आत्मानुशासनलाई गहिरो र सामान्य दुवै रुपमा लिन सकिने बताए । जीवनलाई तालिकामा राख्न सकियो भने अनुशासित बन्न सकिने उनको भनाइ छ ।
यस्तै, सन्तोष आचार्यले हरेक पल आत्मानुशासनको आवश्यकता पर्ने बताए । खाँदा बोल्दा, व्यवसाय गर्दा, उपभोक्ता हुँदा वा समाजमा आवश्यक हुने उनले बताए । कुनै पनि कदम चाल्दा अघि बढ्ने कि नबढ्ने भन्ने विषयमा पनि यसको महत्व हुने उनको भनाइ छ। ‘स्वर्णिम रहस्य’ पढेर पनि आफूले धेरै कुरा थाहा पाएको उनले बताए । विभिन्न सम्बन्धका कारण पनि मानिस अनुशासनमा बाँधिनु पर्ने उनको बुझाइ छ ।
क्षितिज बुढाथोकीले व्यक्तिअनुसार आत्मानुशासनको परिभाषा फरक हुन्छ । हरेक फरक हुने भन्दै आफू समयसँग चल्न सक्नुपर्ने बताए । शरीरदेखि मनलाई चलाउन सकियो भने आत्मानुशासन कायम हुने उनको बभनाइ छ । बुढाथोकी आत्मानुशासनलाई लर्निङ प्रोसेस मान्छन् ।
छवि सापकोटाले अनुशासनको कुरा गर्दा स्कुलमा पढ्दा लाइन लागेर परेड खेल्दाको सम्झना गर्दै स्कूले जीवन र परिवारबाट यसको सुरुआत हुने बताए । आत्माअनुशासन भए मनोबल उच्च हुने उनको बुझाइ छ ।
यस्तै अर्का वक्ता रामजी बस्नेतले सानोमा सिकेका अनुशासनका कुरा जीवनभर काम लाग्ने भन्दै यसले जीवन परिवर्तन गर्नसक्ने बताए । आफन्त र परिवारका सदस्य र समाजका लागि पनि अनुशासित हुनुपर्ने उनको तर्क छ ।
सागर पौडेलले आत्मानुशासलाई सबैले आफ्नो जीवनमा प्रयोग गर्नुपर्ने बताए । शक्तिलाई केन्द्रित गर्नु छ भने आत्मानुशासित हुनुपर्ने उनले बताए । अनुशासित हुँदा ऊर्जा पैदा हुने भन्दै उनले आहार र व्यवहारमा अनुशासित हुनुपर्ने बताए । आत्मानुशासनले मान्छेलाई अटो पाइलट मुडमा चलाउन सकिने उनको बुझाइ छ ।
महिला स्पिकर परि पारुलले अनुशासनविना मानवजीवन व्यर्थ भएको भन्दै आफू अनुशासित भए अरुलाई पनि भन्न सकिने बताइन् । सुशान्त शर्माले आ-आफ्नो ठाउँमा सबै अनुशासित हुनै पर्ने भन्दै टिममा अझ यसकै महत्व भएको बताए ।
वक्ता सौनक भट्टले आत्मानुशासन पावरफूल भएको बताए । के हुनुपर्छ के हुनुहुन्न भन्ने कुराको निर्णय आत्मानुशासनले गर्ने उनले बताए । जीवनमा जस्तो अवस्थामा पनि अगाडि बढ्न यसले सहयोग गर्ने उनको भनइ छ । उनका अनुसार यही नै गर्छु भनेर अडिग हुनु पनि आत्मानुशासन हो । तर अनुसाशनमा अडिग रह्यौं भने अवसर गुमाउँछौं भन्नेतर्फ सचेत हुनुपर्ने उनको सुझाव छ । स्पिकर भविष्यले आफ्ना लागि लक्ष्य पूरा गर्नु नै आत्मानुशासन भएको बताए ।
स्वर्णिम रहस्य उपहार
यो मिटिङका क्रममा पहिलो दिनमा सहभागी हुनेहरुमध्ये १० जनालाई स्वर्णिम रहस्य उपहार दिने लेखक तथा कार्यक्रमका सहजकर्ता खेम शर्माले घोषणा गरेका छन् । मिटिङमा पहिलो प्रतिक्रिया दिने अष्ट्रेलिया र नेपालका १० जनालाई घरमै पुस्तक उपहार पठाइनेछ ।
क्लब हाउसको यो मिटिङलाई नियमित गरिने सञ्चालक खेम शर्माले प्रतिबद्धता गरेका छन् । जसको दोस्रो शृङखालाको विषय पनि टुंगो लागिसकेको छ । अबको शृङखला दिनचर्या र समय व्यवस्थापनका विषयमा बहस हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
बुधबारदेखि ठोरी छोटी भन्सार पुनः सञ्चालनमा
बैशाख २०, २०८१ बिहिबार
आयोगले राष्ट्रपतिलाई बुझायो इलाम र बझाङमा भएको उपनिर्वाचनको प्रतिवेदन
बैशाख २०, २०८१ बिहिबार
स्पा तथा वेलनेस सेवामा जनशक्ति अभाव, माग धान्न हम्मेहम्मे
बैशाख २०, २०८१ बिहिबार
नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट
बैशाख २०, २०८१ बिहिबार
सूचना प्रविधि क्षेत्रका प्रगति र चुनौती
बैशाख २०, २०८१ बिहिबार
बालगौरी पाथीभरा मन्दिर
बैशाख २०, २०८१ बिहिबार