बुधबारदेखि ठोरी छोटी भन्सार पुनः सञ्चालनमा
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार १२:४६:२३
२० वैशाख, चितवन । माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । एक समारोहका बीच प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरी भन्सार सञ्चालनमा ल्याएको हो ।
त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेशबिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दूरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दूरीमा छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य ठाकुर ढकालले यो नाका सञ्चालनसँगै चितवनको सबै क्षेत्रमा आर्थिक विकासका बाटा खुल्ने बताए । उनले भने, “अब जिल्लाको सँगै देशको आर्थिक विकासमा सहयोग पुग्छ ।”
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रूपमा सञ्चालनमा ल्याउन ठोरी गाउँपालिकाको मुख्य भूमिका रहने बताए । लामो समयको पहलपछि नाका पुनः सञ्चालनमा ल्याउन सकिएको भन्दै उनले नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भैरहवा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताए ।
भन्सार विभागका महानिर्देशक डुण्डीप्रसाद निरौलाका अनुसार भारतीय नम्बरप्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोनन्ति गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निर्क्यौल निस्किने उनको भनाइ थियो ।
भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै सङ्घीय मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । पर्साको छोटी नाकामध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब दुई वर्ष अगाडि निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि गत वर्ष माघ २७ गते नै भन्सारको सेवा सुरुआत गर्ने भनिएको भए पनि प्रक्रिया पूरा नभएको भन्दै अन्तिम समयमा रोकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
वैवाहिक बलात्कार आरोपी गायक रवि ओड धरौटीमा रिहा
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार