ग्रामीण सडकका कारण आठ घर विस्थापित
नेपालबहस संवाददाता
साउन १०, २०७८ आइतबार १७:२०:५८
१० साउन, ओखलढुङ्गा । पहिराले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सडकका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् ।
गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिराका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरेको छ । घर छाडेका स्थानीयवासी वर्षाको समयमा गाउँ नजिकैको सुरक्षित स्थानमा गोठ बनाएर बसेका छन् ।
भूकम्पपछि सरकारी राहत लिएर बनाइएका घरमा पहिराका कारण बस्न नमिल्ने भएपछि स्थानीयवासीमा समस्या बढेको पोकलीका निर्मल तामाङले बताए । स्थानीय तहले अवैज्ञानिक तरिकाले सडक विस्तार गर्दा आफूहरु जोखिममा पर्नुपरेको पीडितले गुनासो गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार