गोरखामा ‘तपाईको मास्क खै’ अभियान शुरु
नेपालबहस संवाददाता
साउन १७, २०७८ आइतबार २२:१२:४८
१७ साउन, गोरखा । जिल्लामा निषेधाज्ञा केही खुकुलो पारेसँगै कोरोना संक्रमणको दर बढ्न थालेको छ । सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै संक्रमणको दर उच्च हुँदै गएकाले सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र र प्रहरीले ‘तपाईको मास्क खै’ अभियान शुरु गरेको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्दा संक्रमण रोकिनेभन्दा झनझन बढ्न थालेकाले सचेत गराउन अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष सुशीलबाबु श्रेष्ठले जानकारी दिए ।
“कोरोना संक्रमण बढ्दै गएको छ, मानिस घरबाहिर निस्कदा र भीडभाडमा जाँदसमेत मास्क नलगाई निस्कने गरेका छन्”, उनले भने, “घरबाहिर निस्कदा मास्क नलगाई निस्कनु हुन्न भन्ने चेतना फैलाउन पनि अभियान थालिएको हो । यसका लागि केन्द्र र जिल्ला प्रहरी कार्यालयले सदरमुकामभित्र जनचेतनामूलक पर्चा पम्प्लेटसहित मास्क नलगाउनेलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गर्न थालिएको छ ।”
‘‘बजार क्षेत्र भीडभाड उत्तिकै छ, यस्तो अवस्था नागरिक आफै सचेत हुनुपर्नेमा त्यस्तो देखिदैन”, अध्यक्ष श्रेष्ठले भने, “बाक्लो चहलपहल भएका स्थानमा समेत स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनेको सङ्ख्या कम भएकाले पनि संक्रमण झन बढ्न थालेको हो ।” अभियानका क्रममा मास्क लगाएर पनि सुरक्षित हुने गरी नलगाउने व्यक्तिलाई अभियानकर्मीले रोकेर मास्क लगाउन सिकाउन थालेको उहाँले जानकारी दिए ।
प्रहरीले भीडभाडमा सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाउनेलाई सम्झाइबुझाइ गरी छोड्ने गरेको प्रमुख प्रहरी उपरीक्षक ९एसपी० शेखर खनालले जानकारी दिए । ‘केहीदिन सम्झाइबुझाइ गर्ने हो, अब पनि अटेरी गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गर्छौ, उनले भने, “कोरोना संक्रमण रोक्न सबै नागरिक सचेत हुनु जरुरी छ ।”
गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेल, उक्त केन्द्रका अध्यक्ष सुशीलबाबु श्रेष्ठसहितको टोलीले सदरमुकामको लोकतान्त्रिक चोक, शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, छिपीटोलसम्म माइकिङ गर्दै मास्क लगाउन र कोरोना संक्रमणबाट सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरेको थियो ।
जिल्लामा बिहीबार ४३ जनामा संक्रमण भएको देखिएकामा शनिबार १०३ पुगेको थियो । जिल्लाभर अहिलेसम्म सक्रिय संक्रमितको सङ्ख्या ५२६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार