जलजला क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी
नेपालबहस संवाददाता
साउन २०, २०७८ बुधबार १५:५:४३
२० साउन, रोल्पा । जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।
“मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेका हौँ”, सो क्याम्पसको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले भने, “विश्वविद्यालय सुधारका लागि क्रियाशील विद्यार्थी सङ्गठनले राखेका ३६ बुँदे मागमा स्थानीय आठ बुँदे मागसमेत समावेश गरी क्याम्पस अनिश्चितकालका लागि तालाबन्दी गरेका हौँ ।”
“विषयगत उपप्रध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्थापनलगायत केन्द्रसँग सम्बन्धित ३६ बुँदे तथा छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्तालगायत आठ बुँदे स्थानीय माग पेस गरिएको उनले बताए । केन्द्र र स्थानीयस्तरका माग पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने विद्यार्थीहरुको भनाइ छ ।
मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्गठनहरुले सुर्खेतमा गरेको आन्दोलन रोल्पालगायत अन्य आङ्गिक क्याम्पसहरुमा सरेको जलजला बहुमुखी क्याम्पसका प्रमुख खिमबहादुर खड्का बताए । जलजला बहुमुखी क्याम्पससँग जोडिएका माग भए त्यसबारे छलफल गरिने तर स्थानीय मागबारे आफूसँग परामर्श नभएको उनको भनाइ थियो ।
लामो समय थला परेको शैक्षिक क्षेत्रमा बन्द हडतालभन्दा अन्य विकल्प खोजेर आन्दोलन गर्नुपर्ने अभिभावकहरुको भनाइ छ । कोरोनाले लथालिङ्ग शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिनु राम्रो नभएको उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार