हालै दोस्रो बजारमा कारोबार सुरु भएको मनकामना स्मार्ट लघुवित्तले कस्तो गर्यो चौथो त्रैमासमा प्रगति ?
नेपालबहस संवाददाता
साउन २१, २०७८ बिहिबार १७:३९:३६
२१ साउन, काठमाडौं । सर्वसाधारणमा आइपीओ जारी गरेर हालै मात्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेख्य नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ४६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५८९.३१ प्रतिशतले धेरै हो।
कम्पनीको नाफा बढ्नुमा राइट ब्याकको ठूलो टेवा देखिन्छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ९१ करोड ८० लाख रुपैयाँ राइट ब्याक गरेको जसले खुद नाफा बढाउन सहयोग पुर्याएको हो।
कम्पनीको खुद ब्याज आम्दानी ११८ प्रतिशतले बढेर ८ करोड २३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन घाटा झनै बढेको छ।
लघुवित्तको निक्षेप संकलन १२४ प्रतिशतले बढेर ३२ करोड ११ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १०० प्रतिशतले बढेर ९७ करोड ८ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुर्याएको लघुवित्तको जगेडा कोषमा ३ करोड ७७ लाख रुपैयाँ छ।
लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
कोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
अल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
देशका विभिन्न भागमा चट्याङ्ग र हावाहुरीसहित वर्षा
बैशाख ३०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३०, २०८१ आइतबार