आईपीओ निष्कासन गर्ने तयारीमा रहेको आदर्श लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?
नेपालबहस संवाददाता
साउन २२, २०७८ शुक्रबार २२:२७:५८
२२ साउन, काठमाडौं । गत आवको चौथो त्रैमासमा आदर्श लघुवित्त वित्तीय संस्थाले १० लाख ५ हजार मुनाफा कमाएको छ ।
कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा १० लाख १७ हजार मुनाफा कमाएको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा १ दशमलव १७ प्रतिशतले घटेको हो ।
चुक्तापूँजी १ करोड ४० रहेको छ उक्त कम्पनीले जगेडामा ६३ लाख ८६ हजार सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ९ करोड ८८ लाख ३३ हजार सापटि लिएर, ११ करोड ९० लाख २३ हजार निक्षेप संकलन गरेर २३ करोड १४ लाख ३५ हजार कर्जा लगानी गरेको छ ।
कम्पनीले ६० लाख बरावरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त गरेको छ ।
त्यसैगरी कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूूर्ण कार्य गर्ने जिम्मा पनि बीओके क्यापिटललाई नियुक्त गरेको छ । अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी १ करोड ४० लाख रहेको छ । ६० लाख बराबरको आईपीओ निष्कासन पछि पूँजी २ करोड पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
बैशाख २९, २०८१ शनिबार
स्लो बलिङका कारण ऋषभलाई आइपिएलको एक खेलबाट निलम्बन
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन बस्छुः केसी
बैशाख २९, २०८१ शनिबार
पर्यटनको विकास गर्न सबै एकजुट हुनुपर्छः सभामुख
बैशाख २९, २०८१ शनिबार
नेपालको नक्सा नोटमा छाप्दा के चिन्ताः अध्यक्ष ओली
बैशाख २९, २०८१ शनिबार