बाँदर धपाउन कृषकलाई यन्त्र वितरण
नेपालबहस संवाददाता
साउन २९, २०७८ शुक्रबार १८:४३:१३
२९ साउन, भोजपुर । बाँदरको बथान आएर बालीनाली सखाप बनाउन थालेपछि चिन्ता रहेका किसानलाई उपकरण प्रदान गरिएको छ । मकै तथा अन्यबालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन वन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो ।
सो यन्त्रले बन्दुक पड्केझै आवाज दिने हुँदा बाँदर भगाउन सजिलो हुने अनुमान गरिएको छ । यतिबेला बारीमा मकैको याम छ, १०० देखि १५० सम्मको हुलमा आउने बाँदरको समूहले हामीलाई बाली जोगाउन मुस्किल परेको छ । स्थानीय कृषक दिनेश विकले भने, “बालीनाली त लगाइन्छ, हुलमा १०० देखि १५० आउने बाँदरले बाली जोगाउन नै मु्स्किर्लरय हुन्छ, ठूलोलाई त लखेटनसमेत समस्या हुन्छ। अब चाहिँ यो यन्त्रले केही सहज होला भन्ने आशा छ ।”
प्लाष्टिकको पाइपबाट निर्माण गरिएको यन्त्रमा कार्बाइड र पानीको मिश्रण गरी ग्यास उत्पादन गरेपछि ठूलो आवाजमा पड्कने गर्छ । कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले भने, “उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सहज हुन्छ । कृषकलाई बाली जोगाउन समस्या भएकाले परीक्षणस्वरूप केही थान उपकरण वितरण गरेका छौँ ।”
बर्षेनी जिल्लामा बाँदर आतङ्कबढ्दै जान थालेकाले खेतीयोग्य जमिनमा समेत बाली लगाउन छाडिएको र जिल्लाका तल्लो भेगका अघिकांशले यसै कारण बसाइँसराइ गरेका छन् । पछिल्लो एक दशकयता बाँदरले बारीमा लगाएको सबै अन्नबाली नष्ट गर्दै आएको कृषकको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार