१८ निर्जीवन बीमा कम्पनीले गरे ११ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन, कुन कम्पनीको कति ?
नेपालबहस संवाददाता
भदौ २, २०७८ बुधबार २२:१७:४६
२ भाद्र, काठमाडौं । १८ वटा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा ११ अर्ब ८२ करोड ३५ लाख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १० अर्ब ४ करोड ५१ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १८ प्रतिशतले बढी हो । नेशनल इन्स्योरेन्स र ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भने वित्तीय विवरण प्रकाशन गरेका छैनन् ।
चौथौ त्रैमाससम्ममा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्ने कम्पनी
गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा सबैभन्दा धेरै खुद बीमाशुल्क अर्जन गर्ने नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २७ करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएकोमा गत आर्थिक वर्ष अर्थात समिक्षा अवधिमा १ अर्ब ६३ २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १८ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
तेस्रामा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासको अवधिसम्ममा १ अर्ब २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ७१ लाख रुपैयाँ मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो ।
हेरौ कुन कम्पनीले कति गरे बीमा शूल्क आर्जन ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार