९३ प्रतिशत कोरोना संक्रमणमुक्त
नेपालबहस संवाददाता
भदौ १५, २०७८ मंगलबार २०:४७:२०
१५ भाद्र, ताप्लेजुङ । ताप्लेजुङमा करिब ९३ प्रतिशत संक्रमणमुक्त भएका छन् । मंगलवार अपरान्हसम्म सक्रिय कोरोना संक्रमितको संख्या एक सय ६७ मा झरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकार खड्काकाअनुसार अहिले सक्रिय संक्रमितको तुलनामा हाराहारी ७ प्रतिशत मात्र सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता दुई हजार चार सय १८ जनामा कोरोना संक्रमण देखिएकोमा दुई हजार दुई सय ३५ जना संक्रमणमुक्त भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयकाअनुसार मैवाखोला, मेरिङ्देन र फक्ताङ्लुङ संक्रमण शून्य छ । जिल्ला अस्पतालले परीक्षण गरेकामध्ये ६८ र फुङलिङ नगरपालिका आफैंले परीक्षण गरेकामध्ये ६ गरी फुनपा भित्र ७४ जना सक्रिय कोरोना संक्रमित रहेको प्रशासन कार्यालयको विवरणमा उल्लेख भएको छ ।
आठराई त्रिबेणी गाउँपालिकामा चारजना, मिक्वाखोला गाउँपालिकामा तीनजना, पाथीभरा याङ्वरक गाउँपालिकामा ६० जना, सिदिङ्वा गाउँपालिकामा १४ जना र सिरिजंगा गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये एक सय ५९ जना होम आइसोलेसनमा र चारजना ताप्लेजुङ जिल्ला अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा सामान्य रुपले उपचार गराइरहेका प्रशासन कार्यालयले बताएको छ । चारजनलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।
कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङका १६ जना नागरिकले कोरोनाकै कारण ज्यान गुमाएको विवरण प्रशासनसँग छ । तर, प्रशासनले जिल्ला भित्रै मृत्यु भएकाहरुको विवरण मात्र राख्ने गरेको छ । उपचारका लागि जिल्ला बाहिरसमेत गएर मृत्यु भएकाको संख्या जोड्दा यहाँका २२ जना नागरिकले कोरोनाकै कारण ज्यान गुमाइसकेका विभिन्न तथ्यांकबाट देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार