नेप्सेमा उछाल आउँदा बजार २,९८० बिन्दुमाथि पुग्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २१, २०७८ सोमबार २३:४३:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/nepse-bouns-back_ZPbom31KqI.jpg)
२१ भदौ, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बढेको छ । हिजो नकारात्मक सर्किट लाग्दै ओह्रालो लागेको बजारले आज बाउन्स ब्याक गरेको हाे ।
अर्थमन्त्री जनार्दन शर्माले शेयरबजारका सम्बन्धमा देखिएको अन्योलता समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको खबर विभिन्न संचारमाध्यममा आएपछि बजारले पुनः गति समातेको हो ।
आज नेप्से १६१.९४ बिन्दुले उकालो लागेर दुई हजार ९८०.७८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३१.४१ बिन्दुले उकालो लागेर ५५३.४० मा पुगेको छ ।
कूल २२४ कम्पनीको एक करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर एक लाख नौ हजार १८२ पटक कारोबार भयो । नेप्सेका अनुसार कूल रु नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ मूल्यमा खरिदबिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ७८.२, व्यापार १३३.०३, होटल तथा पर्यटन १९४.८३, विकास बैंक ५०३.३६, जलविद्यसत् २८३.५, वित्त २५६.२२, निर्जीवन बीमा ६४३.६३, उत्पादन ३९८.११, अन्य १५०.२५, लघुवित्त २४१, जीवन बीमा ८१७.४, सामूहिक लगानी कोष ०.१७ र लगानी ६.६७ बिन्दुले उकालो लागेको छ ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार १०१ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४६ करोड ३० लाख ९१ हजार ४५६ बराबरको कारोबार भयो ।
हिमालयन डिस्टिलरी रु २६ करोड ८८ लाख ९६ हजार ३१३, माथिल्लो तामाकोशी रु २४ करोड ९२ लाख ४८ हजार ५४२, नेशनल हाइड्रोपावर रु १९ करोड ९९ लाख ३२ हजार र आइसीएफसी फाइनान्स रु १९ करोड ८७ लाख ३६ हजार ७२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
६० कम्पनीको शेयरमा सकारात्मक सर्किट
बाउन्स ब्याक भएको नेप्सेमा आज ६० कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ । त्यसमा ४५ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यो पनि अर्को नयाँ इतिहास हो ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र १.९४, आइसिएफसी फाइनान्स १.्७४, एनआइसि एशिया बैंकको ऋणपत्र १.७१, सनराइज ब्ल्यूचिप फण्ड ०.५९ र कुमारी इक्विटी फण्डका लगानीकर्ताले ०.४९ प्रतिशतले गुमाए ।
शेयरबजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह
शेयरबजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले आज गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी तत्काल उपयुक्त निकास निकाल्न आग्रह गरे ।
कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका हुन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाइ परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
जेठ ३१, २०८१ बिहिबार
नेप्सेमा आज सामान्य अङ्कको वृद्धि, कारोबार ५ अर्ब ८९ करोडमाथि
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
सन्दीपले लियो नेपालका लागि बंगलादेशको सातौँ विकेट
असार ३, २०८१ सोमबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार