पहिरोले एक सातादेखि भोटखोला जाने सडक अवरुद्ध
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शनिबार ५:५:४७
२५ भदौ, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारबाट भोटखोला जाने उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
पहिरोका कारण सदरमुकाम जोड्ने उक्त सडक खण्ड ६ दिनदेखि अवरुद्ध रहेको पौडेलले बताए । मकालु गाउँपालिका र भोटखोला गाउँपालिको सीमा मकालु–३ हाइटारमा खसेको पहिरो हटाउन पहल भइरहेको पौडेलको भनाइ छ ।
ुअहिले पनि त्यस क्षेत्रमा पहिरो निरन्तर खसिरहेको छ । जसले गर्दा पहिरो हटाउन समस्या छ । पहिरो हटाउन अझै केही दिन लाग्नसक्छु, उनले भने । दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले पहिरो हटाउन तीन वटा स्काभेटरको प्रयोग गरिएको जानकारी दिए । उनले पहिरो खस्ने क्रम अझै नरोकिएकाले समस्या भइरहेको बताए ।
सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगको सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म मात्र पुग्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार