आगामी असोज १ देखि सुपथ मूल्य पसल खुल्ने
नेपालबहस संवाददाता
भदौ २८, २०७८ सोमबार १३:३४:५०
२८ भदौ, काठमाडौं । सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।
नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
कम्पनीले दिएको जानकारीअनुसार सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउनेछन् ।
खाद्यले यस वर्ष दाल, चामल, चिउरा, आँटा र सनप्mलावार तेलमा बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ छूट दिनेछ भने भटमासको तेल, मासु र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छूट दिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्ताहरू माझ यसको महत्त्व बढेको कम्पनीले बताएको छ । यस वर्ष कम्पनीले दशैं र तिहारका लागि करीब ३ हजार खसी बोका भित्रायाउने अनुमान गरिएको छ ।
कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, नक्खु र सूर्यविनायक गरी चार स्थानबाट सुपथ मूल्य पसलको सुविधा दिनेछ । आर्थिक अभियान दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार