कावासोतीमा खानेपानी सहजरुपमा सञ्चालन गर्न कठिनाई
मीना कंडेल
भदौ २९, २०७८ मंगलबार १४:५७:५
२९ भदौ, नवलपुर। गत असार २२ गते र भाद्र १० गते आएको अविरल वर्षा सहितको बाढीले कावासोती खानेपानी आयोजनामा पुर्याएको ठुलो क्षतिका कारण सहजरुपमा पानी सञ्चालन गर्न अझै सकिएको छैन ।
बिशेषगरि कावासोती ६ को माझ टोल र प्रगति टोलमा बढि समस्या देखिएको छ भने अन्य सबै ठाउमा सहजरुपले पानी बितरण गर्न विभिन्न बैकल्पिक उपाए लगाउदा पनि सफल नभएपछि पुरानै मुहानबाट पानी ल्याउनका लागि मर्मत सम्भारको काम खोलामा तिब्र रुपमा अगाडि बढेको छ ।
अविरल वर्षा सहितको बाढीले कावासोती खानेपानी तथा उपभोक्ता सस्थाको करिव १६ सय मिटर लामो खानेपानीको पाइप बगाएको छ । केरुंगे खोलामा आएको ठुलो बाढीले खानेपानीको पाइप बगाउदा करिव २ करोड १६ लाख बराबरको क्षति पुगेको कावासोती खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष भिमलाल कण्डेलले जानकारी बताए ।
वर्षासहितको खोलामा आएको बाढीले गत असार २२ गते पनि खानेपानीको पाइप बगाउदा कावासोतीका केही स्थानमा खानेपानीको समस्या भएको थियो त्यसपश्चात अस्थायी रुपमा पाइप राखेर सञ्चालित पाइप पुन भाद्र १० गते को बाढीले ठुलोमात्रामा क्षति पुयाएको अध्यक्ष कण्डेलको भनाई छ ।
यसको विस्तार एवम् संभारका लागि स्थानीय तह ,प्रदेश र संघ लाई जानकारी गराइएको छ । अहिले उपभोक्ताहरुका धारामा बिहान ४ घन्टा र साँझ ३ घन्टा मात्र पानी आउने गरेको छ । मर्मत कार्य सकिनासाथ ( भाद्र २९ गते साँझबाट ) २४ घन्टा पानी बितरण गर्ने योजनाका साथ अगाडि बढेको अध्यक्ष कण्डेलले बताए ।
अस्थायी पाइपको सहयोगमा धारामा पानी आउन समय लाग्ने भएता पनि पुर्ण रुपमा पाइपको विस्तार भने आगामि मंिसर महिनाबाट मात्र सुरु हुने उनको भनाई छ । खानेपानीको समस्या बढ्दै गएपछि स्थानियहरु अहिले खोलाको छेउछाउमा २ देखि ३ घण्टा टाढा पानी लिन जान बाध्य भएका छन् ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले अहिले सम्म ८ हजार ५ सय धारामा पानी उपलब्ध गराउदै आएको छ ।
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार