उपन्यास राज्याभिषेक विमोचन
नेपालबहस संवाददाता
असोज १३, २०७८ बिहिबार ०:५६:५५
१३ असाेज, काठमाडाैं । लेखक राजु अधिकरीको उपन्यास राज्याभिषेक विमोचन भएको छ । पुस्तकको विमोचन भर्चुअल माध्यमबाट गरिएको छ । लेखक राजु अधिकारीले चीन तथा कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले नेपालबाट पुस्तकको विमोचन गरेका हुन् ।
विज्ञान विषयक कथालेखनमा रुचि राख्ने लेखक अधिकारी आफ्नो पितासँग प्रेरित भई साहित्य क्षेत्रमा कलम चलाउन सुरु गरेका हुन् । यस पुस्तकमा विज्ञानलाई जोडेर भविष्यमा हुनसक्ने सम्भाव्य घटनाहरूलाई काल्पनिक रूपमा प्रस्तुत गरेका छन् । लेखनको हिसावले अधिकारीको यो पहिलो उपन्यास नभए पनि प्रकाशनको हिसाबले यो उनको पहिलो प्रकाशित उपन्यास हो ।
यसअघि अधिकारीको ‘वी रिड’ प्रकाशनबाट लावण्यदेश कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । राज्याभिषेक राजु अधिकारीको पशुपन्छी अधिकार र मानवतासँग सम्बन्धित पर्यावरणीय चेतनासम्पन्न कृति हो । यस कृतिले पृथ्वीलाई मानव र पशुपन्छीहरूको साझा वासस्थान हो भन्ने चेतनालाई औपन्यासिक कलामा अगाडि सारेको छ ।
मानिसले धर्तीका सबै श्रोत र साधनहरूमा आफ्नो एकल कब्जा मात्र जमाएको छैन, यहाँ बस्ने जनावरहरूमाथि पनि निर्मम अत्याचार गरिरहेको तथ्य यो पुस्तकले उजागर गरेको छ । यस धर्तीमा मानिसको मात्र होइन, यहाँ बस्ने सबै जनावरको उत्तिकै अधिकार छ, मानिसले जनावरहरूको पनि भावना बुझ्नुपर्छ, उनीहरूलाई पनि स्वतन्त्रतापूर्वक धर्तीमा बाँच्न दिनुपर्छ भन्ने तर्क प्रस्तुत गरेको छ यस पुस्तकले ।
मानवजातिलाई अमर बनाउन सक्ने औषधिको अनुसन्धान गरिरहेका गोप्य प्रयोगशालाबाट त्यहाँ परिक्षणमा राखिएका बाँदरहरू रहस्यमय रूपमा हराएपछि संसारभरि खैलाबैला मच्चियो । तर ती बाँदरहरू मानिस र अन्य जनावरहरूको सम्पर्कमा पुगेपछि तिनीहरूको शरीरमा प्रयोग गरिएका अनेक थरि औषधि र रसायनहरूले नसोचेको असर गर्नुका साथै संसारमा आएका परिवर्तनको विषयवस्तुमा यो उपन्यास आधारित छ ।
वी रिडले प्रकाशन गरेको यस उपन्यासमा कथावस्तु, स्थान र पात्र सबै काल्पनिक हुन् । २३२ पृष्ठको यो पुस्तकको मूल्य रू। ३७५ तोकिएको छ । यो पुस्तक बजरमा र अनलाइन मार्फत उपलब्ध छ ।
वी रिड प्रकाशनले विगत केही वर्षदेखि निरन्त रुपमा साहित्यिक कृतिहरु प्रकाशन गर्दै आइरहेको छ । वी रिडले लेखक राजु अधिकरीको दोस्रो कृति तथा पहिलो उपन्यास राज्याभिषेक प्रकाशित गरेको छ । वी रिडले हालसम्म ३० भन्दा धेरै कृतिहरु प्रकाशित गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार