विश्व किर्तिमानी लेखक डा. उपाध्यायले ल्याए १२ औं उपन्यास मेरी प्रिया
नेपालबहस संवाददाता
असोज १७, २०७८ आइतबार १६:२७:१०
१७ असोज, काठमाडौं । यस अघि ११ ओटा उपत्यास पाठकमाझ ल्याईसकेका उपन्यासकार विश्व किर्तिमान उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायले आफ्नो १२ औं उपन्यास ‘मेरी प्रिया’ बजारमा ल्याएका छन् । शनिबार काठमाडौंमा एक सामारोह आयोजना गर्दै यो पुस्तकको बिमोचन गरियो ।
यस अघि डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’ र ‘कफि लभ’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।
उपन्यास मेरी प्रियालाई अग्रज साहित्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, उपन्यासका डा। उपाध्याय, पत्रकार नरेश भट्टराईलगातले संयुक्त रुपमा बिमोचन गरे ।
कार्यक्रममा बोल्दै साहित्यकार राधेश्याम लेकालीले १४ वर्षको टिन एजर भएर उपाध्यायले उनीहरुको कुरालाई उपन्यासमा ल्याएको बताए । अग्रज साहित्यकार खेमनाथ दाहालले टिन एजरको कथा समेटिएको यो उपन्यासमा उनीहरुको अभिभावकबाट लेखकले महत्वपूर्ण सन्देश दिने कार्य गरेको बताए । उपन्यासमा समाजिक विषय वस्तु र जातिय विभेदका कुरालाई राम्रोसँग उठान गरेको पनि उनले बताए ।
उमेरले ६० पुग्न लागे पनि वार्षिक दुई वटा उपन्यास ल्याउने उपाध्यायलाई गीतकार चुडामणी देवकोटाले तन्नेरी लेखकको रुपमा चर्चा गरे । यो उमेरका लेखकले तन्नेरी पुस्ताको कथामा उपन्यास लेख्नु आफैंमा प्रसँसनीय कार्य भएको उनले बताए । लेखक उपाध्यायले आफुले १४ वर्षका किशोरहरुको सँगत गरेरमात्र यो उपन्यास लेखेको खुलाए ।
भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समिक्षात्मक टिप्पणी गरेका थिए । बयालिस भागमा विभाजन गरिएको उपन्यास १८० पृष्ठको रहेको छ ।जसको मूल्य ३५० रुपैयाँ राखिएको छ ।
सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा लोकार्पण समारोहमा पत्रकार, गीतकार डब्बु क्षत्री, गीता अधिकारी, संगीतकार तथा गायक सागर अधिकारी ‘शरद’, भिडियो निर्देशक माइकल चन्द, सुरेन्द्र थापा, सुशिल खनाल, राधव भट्टराई, उत्तम मैनाली लगायतका अतथिहरूको उपस्थिति थियो ।
डा। उपाध्यायको यही अक्टोबर एक तारिखमा भारतबाट प्रकाशित हुने फिल्मस् टुडे म्यागिजनले पनि कभर स्टोरी बनाएको छ । बलिउडको यस लोकप्रिय म्याग्जिनको कभरमा आउने डा। उपाध्याय सम्भवत पहिलो नेपाली हुन् । गीत संगीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गरेको छ । उनका २४ एल्वमका सायौ गीत स्रोतारदर्शकमाझ रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार