पुनः सञ्चालनमा आए सिनेमा हल, आएनन् दर्शक !
नेपालबहस संवाददाता
असोज २२, २०७८ शुक्रबार १८:१३:३८
२२ असोज, काठमाडौं । दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । केही दिन अगाडि नै सरकारले ५० प्रतिशत दर्शक राख्न पाउने गरी हल खोल्ने अनुमति दिए पनि देशैभर यो नियम लागू नभएपछि हल सञ्चालकले हल खोल्न मानेका थिएनन् ।
काठमाडौंबाहेक बाँकीका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर हल चलाउन स्वीकृति दिएपछि बिहीबारदेखि हल खुलेको चलचित्र संघले जनाएको छ ।
बिहीबार ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ गरी दुई अंग्रेजी फिल्म रिलिज भए । यद्यपि दर्शकको उपथिति भने उत्साहजनक देखिएको छैन । कारण, नोबडी पहिले रिलिज भइसकेको थियो भने ‘फास्ट एद्दड फ्युरियस ९’ लाई दर्शकले डिजिटल माध्यममा हेरिसकेका छन् ।
नयाँ फिल्म हलमा नपाएपछि दर्शकको उपस्थिति भने कमै पाइएको छ । सरकारी बिदा रहे पनि दर्शक उपस्थिति न्यून रहनुलाई वितरक स्वाभाविक रूपमै लिन्छन् । वितरक करण श्रेष्ठले दशैं अगाडिको समयमा दर्शक चाप हलमा निकै कम हुने बताए ।
‘दशैंको किनमेल भएको र हलमा नयाँ फिल्म नभएकोले दर्शकको उपस्थिति कम भएको हो, आउँदो हप्ताबाट बढ्न सक्छ,’ उनले भने । आउँदो हप्ता भने एक नेपाली र एक अंग्रेजी फिल्म रिलिज हुँदैछन् । २६ असोजमा ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ भने त्यसको दुई दिनपछि जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’ रिलिज हुँदैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार