निर्देशक सुदर्शन थापाले सुप्रियासँग कसे लगनगाँठो
नेपालबहस संवाददाता
असोज २२, २०७८ शुक्रबार १९:५०:४३
२२ असोज, काठमाडौं । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए । शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन् ।
सुदर्शनको विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन् । निर्देशक दिनेश राउत, अभिनेत्री वर्षा शिवाकोटी, संगीतकार अर्जुन पोखरेल, मोडल राज कटवाललगायत सुदर्शनका नजिकका फिल्मकर्मीको मात्र उपस्थिति रहेको छ । यद्यपि फिल्मकर्मी आउने क्रम रहेको विवाहमा सहभागी एक कलाकारले बताए ।
सुदर्शनले विवाहको प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडौंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन् ।
सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन् । हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्। फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि उनले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार