गाँउ घरमा हालिने लिङे पिङ पछिल्लो समय लोप हुँदै
मीना कंडेल
असोज ३१, २०७८ आइतबार १७:५०:४६
३१ असोज, नवलपुर । दशैं तिहार जस्ता ठुला चाडपर्वमा गाँउ घरमा पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । जिल्लाका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ बिस्तारै लोप हुँदै जान थालेको हो ।
“वर्षमा एक दिन धर्ती छाड्नुपर्छ” भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैंमा पिङ खेल्ने चलन चल्दै आए पनि यो बिस्तारै हराउन थालेको कावासोतीकी राधा शर्माले बताए । हिजो आज भने आधुनिक जीवनशैली सँगै यस्ता संस्कृति विस्तारै हराउँदै गएका शर्मा को भनाई छ ।
दशैं तिहारमा हाल्ने गरेका लिङे पिङ ,रोटे पिङ ,काठे पिङ अब वर्षेनी लोप हुँदै गइरहेका छन् । “युवा , यु्बती भेला भई हरियो खर काटेर बलियो पिङ बनाउने प्रतिस्पर्धा गर्ने चलन रहेकामा अहिले प्राय युवा गाउँमा छैनन् र बुढापाकाले यसमा चासो नदेखाएको जस्तो लाग्छ स्थानीय शलिकराम सापकोटाले बताए ।
प्रत्येक जसो टोल टोल बस्ती बस्तीमा पिङ बाट्ने चलन अहिले हराउँदै जान थालेको छ , तिजमा मात्र हैन दशैं र तिहारको अवसरमा पिङ राख्ने प्रचलन पनि अहिले आएर लोप हुदै जान थालेको कावासोतीका स्थानीय प्रेमबहादुर थापा मगरले बताउनु भयो ।
पिङ किशोर, युवादेखि वयस्कसम्म सबै खाले मानिसको रुचिको विषय हो । ‘पहिले पहिले टोल टोल र हरेक सार्वजनिक स्थानमा पिङ हाल्ने चलन थियो आज भोलि भने पिङमा भन्दा अन्य कुरामा युवा युवतिहरु रमाउने गरेका मगरले बताउनु भयो । पिङ खेल्ने रहर धेरै छ, आफू मात्र भएर भएन, रहर भएर मात्र के गर्नू, पिङ हाल्ने जनशक्ति समेत गाउँमा पाउन छाडिसके कावासोतीका गोपाल भट्राईले बताउनुभयो । जिल्लाका कहि कतै दुई चार स्थानमा लहरे पिङ हालेपनि काठे पिङ भने लोप भई सकेको छ ।
प्राप्त रुपमा बनमा काठ नहुँदा पनि काठे पिङ हाल्ने संस्कृति हराएको देवचुलिका जगनाथ खनालले बताउनु भयो । पछिल्ला पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङ जस्ता मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको बताउनुहुन्छ खनाल ।
दशैँ र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई चर्खे पिङ बनाउने फुर्सद र सीप पनि छैन । नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा संस्कृतिको लोप भएको गैंडाकोटका टोलनाथ घिमिरेले बताउनुभयो । बेरोजगारीका कारण युवा गाउँमा नबस्दा अहिले गाउँघरमा पिङ बनाउने जनशक्ति पनि पाउन छाडिएको घिमिरेले बताउनुभयो ।
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार