सरकारी विद्यालयप्रतिको आर्कषण बढ्दै
मीना कंडेल
असोज ३१, २०७८ आइतबार १७:५५:४१
मिना कंडेल
३१ असोज, नवलपुर । सरस्वती नमुना माध्यमिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालनमा ल्याउने भएको छ । पूर्वी नवलपरासीको कावासाोती ४ हसौरामा रहेको सरस्वती नमुना माध्यामिक विद्यालयले समुदायको माग अनुसार प्राविधिक कक्षा सञ्चालन गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।
पछिल्लो समयमा सरकारी विधालयप्रतिको आर्कषण बढ्दै गएको र विधालयमा एक हजार भन्दा बढि विधार्थी अध्यापन गदै आएको विद्यालयका प्रध्यानाध्यापक विष्णुप्रसाद न्योपानेले बताए । कामको सरकारी मात्र नभएर निजि विधालय सरह ब्यवस्थापन गर्न सकेका कारण विधार्थीको संख्यामा वृद्दि भएको उनले बताए ।
सरकारले ल्याएको प्रावि तहका विधार्थीलाई दिवा खाजा कार्यक्रम प्रभावकारी भएकाले पनि सरकारी विद्यालयतर्फ विधार्थीको आर्कषण बढेको छ । फलस्वरुप सरस्वती नमुना माध्यमिक विद्यालयमा विधार्थीको संख्यामा वृद्दि भएको पनि प्रअ न्यौपानेले बताए । विद्यालयले समुदायको माग र वातावरणको मुल्यांकन गरि उपयुक्त विषयको प्राविधिक कक्षा सञ्चालन गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपीकृष्ण शर्माले बताए ।
प्राविधिक तहको उच्च शिक्षाका लागि समुदायका विद्यार्थीहरु टाढाको दुरीमा जान बाध्य भएको हुदा स्थानीय विद्यालयमा नै प्राविधिकि कक्षाको आवश्यकता रहेको अध्यक्ष
शर्माको भनाई छ । गत साल देखि विद्यालयमा कम्प्यूटर विषयको अध्यापन गराइएको छ । भने अंगे्रजी माध्यामबाट पढाई हुने भएकाले पनि कावासोती नगरका सामुदायीक विद्यालयहरु मध्य एक हजार भन्दा बढि विधार्थी हुने तेस्रो विद्यालयको रुपमा यो विद्यालय पर्नै बताइएको छ।
२०४२ सालमा प्राथमिक विद्यालयको स्वीकृति पाएको यस विद्यालयमा क्रमश २०५४ मा निमावि ,२०५८ मा माध्यमिक ,२०६४ मा साविक उच्च माध्यमिक विद्यालय कोस्वीकृति पाएको हो । यसैगरी २०७० नवलपरासी जिल्ला तृतीय हुन सफल र २०७१ मा जिल्ला द्धितिय भएको न्यौपानेले जानकारी दिए । विद्यालयमा पछिल्लो समयअतिरिक्त सेवा सुविधा सहितको शान्त वातावरणमा अध्ययन अध्यापन हुदै आएको, विद्यालय हाता भित्र सिसि टिभी द्धारा निगरानी ,कक्षा ७ सम्म पुर्णरुपमा अग्रेजी माध्यमबाट पठनपाठन हुने ,विद्यालय हाता भित्र जंक फुड निषेध ,विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि अनमी शिक्षाको ब्यवस्था गरिएको लगायत विविध ब्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपीकृष्ण शर्मा ,भवन निर्माण अनुगमन समिति संयोजक डिल बहादुर आले ,भवन निर्माण समिति संयोजक
आनन्दराज ढुंगाना ,सामाजिक लेखा समिति संयोजक प्रकाश शर्मा र पत्रकारहरुको उपस्थित रहेको थियो ।
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शर्मालाई नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष, दुई जनाको सचिवमा बढुवा
जेठ ३, २०८१ बिहिबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार