के हो पल र समीक्षा विवाद ? दुवैले दिए पालैपालो स्पष्टीकरण !
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार १७:१८:५६
८ कार्तिक, काठमाडौं । नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए ।
समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे चियोचर्चो सुरू भए पनि यो चियागफमै सीमित थियो । यसबारे पूर्ण जानकार कोही थिएनन्। तर यकिनका साथ भन्ने पनि कोही थिएनन् । यो विषयमा बोल्न उनीहरू तर्किए पनि अन्ततः बोलेका छन् । एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धलाई प्रस्ट्याएका छन् ।
पलले सामाजिक सञ्जालमार्फत आफुलाई हुँदै नभएको र नगरिएको आरोप लगाइएको बताएका छन् । ‘काम गर्ने क्रममा व्यक्ति वा समूहसँग नजिक भइन्छ र सांगीतिक सहकार्य समीक्षासँग भएको हो’ पल लेख्छन् ,’पछिल्लो केही दिनयता आएका खबरले मेरो शुभचिन्तकसँगै परिवारलाई समेत दुस्खी बनाएको छ ।’ समीक्षासँग रहेको मित्रतालाई अन्य नाम नदिन आग्रह गर्दै उनले चरित्र हत्या हुने गरी समाचार नबनाइदिन आग्रह गरेका छन् ।
यस्तो छ पल शाहद्वारा सार्वजनिक गरिएको भनाइ
देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक स्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया। विगत केही दिनदेखि मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगो दर्शकदीर्घ नै दुःखी बनेको महसुस हामीले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेसा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनुहुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरु कलाकारहरूसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवनमाथी आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाइदिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। मैले सधैं दर्शक स्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्दछु। गायिका समीक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शीर्षक दिएर सिंगो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्रहत्या हुने कार्य नगरिदिनुहोला ।
यस्तै समीक्षाले पनि सामाजिक सञ्जालमार्फत नै आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले पलसँग जोडिएर आएको समाचारहरू कपोकल्पित रहेको उल्लेख गरेकी छिन् । ‘पल’जीसँगको सम्बन्धलाई तोडमोड गरेर आएको समाचारले मेरो चरित्रहत्या भएको छु उनी लेख्छिन्, ‘एउटै नगरीमा रहेकाले उहाँले मलाई अभिभावकको हिसाबले माया गर्नु हुन्छ र दर्शकको माया पाएसम्म हाम्रो सहकार्य रहिरहने छ ।’
यस्तो छ समीक्षाद्वारा सार्वजनिक गरिएको भनाइ
मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरू आएका छन्, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरू मेडियामा आएका छन्, जसले मेरो चरित्रहत्या भएको छ। यसका साथसाथै पलजीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचार बाजी गरिराको छन्। यसो नगर्नु हुन अनुरोध गर्दछु। बिनास्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रूपमा निकै नै असर पुर्याएको छ, यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इन्डस्ट्रिजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हुँ। र, हजुरहरूको माया रहेसम्म सधैं राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरूले पनि यसरी मानहानि र चरित्रहत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु। मैले यो अपेक्षा गरेको थिएन ।
म जे छु जहाँ छु, यो सब मेरा भगवानरूपी दर्शक स्रोताको देन हो र हजुरहरूलाई कुनै पनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन। मेरो बारेमा मिडियामा आएका झुटा समाचारहरूप्रति घोर निन्दा गर्दछु र हजुरहरू यसको पछाडि नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरूलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु, कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानि तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनु होला।
केही समययता पल र समीक्षाको प्रेमको चर्चा फिल्मनगरीमा छ । पछिल्लो समय पलको म्युजिक भिडियोमा व्यस्तता अत्यधिक छ । तर, यो चर्चा चलेयता उनले इभेन्टमा सहभागिता जनाउन छाडेका छन् । उनलाई भिडियोमा अभिनय गराएका एक निर्देशकले पलले इभेन्टमा आफू नआउने बताउने गरेको खुलाए । ‘पलजी भिडियो सार्वजनिक कार्यक्रममा भने नआउने भन्नु हुन्छ’ उनले भने । यी दुईको बीचमा सहकार्यबाहेक अन्य केही नरहेको अवस्थामा मिडियासँग साक्षात्कार गर्न डराइरहेका छन् ? त्यो त यिनैले जानून् ।
पल र समीक्षा प्रेम चर्चा
म्युजिक भिडियो छायांकनकै क्रममा पल र समीक्षा नजिकिएका हुन् । समीक्षाको गायन रहेको गीतको भिडियोमा समीक्षासँगै पल मोडल थिए । यही सहकार्यले यी दुईको सामीप्यता बढेर प्रेममा परिणत भएको हल्ला छ । समीक्षाले त्यसलाई ‘प्रेम’ कै रूपमा बुझे पनि पलले हल्काफुल्का रूपमा हेर्न थालेपछि यी दुईको चर्चा फिल्मनगरीमा चुलिएको हो । पलको सम्बन्ध अन्य फिमेल मोडलसँग प्रगाढ हुँदै गइरहेको र आफूसँग टाढिएको महसुस गरेपछि समीक्षाले आफूसँग रहेका डिजिटल प्रमाणहरू ‘फोटो र भिडियोहरू ‘सहित पुलिस केस गर्ने तयारी थालेपछि यो ‘प्रेम’ को चर्चा फिल्मनगरीमा बढ्न थालेको हो । समीक्षा नाबालिग भएकाले उमेर पुगेपछि पलले विवाह गर्ने सहमति गरेको चर्चा बढ्दो छ । पलले आर्थिक प्रलोभनसमेत दिएको बताइन्छ । यद्दपी समीक्षा र उनका परिवारहरूले विवाह गर्नु पर्ने अडान राखेपछि सम्झौता उमेर पुगेपछि विवाह गर्ने भएको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार