दोधारमा किसान : पाकेको धान काटौँ कि नकाटौँ
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ मंगलबार ३:२:२२
विनोद ढुंगाना
८ कार्तिक, काठमाडौं । कार्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम खुलिसकेको छैन । मौसम बादल लागेर धुम्म भइरहेको छ । छर्लङ्ग मौसम नखुल्दा किसानले खेतमा लगाएको धान पाकेर पहेँलपुर हुदाँसमेत काट्ने हिम्मत जुटाउन सकेका छैनन् ।
बेमौसमी वर्षाले तर्सिएका जिल्लाका किसान धान काट्दा भन्दा नकाट्दा कम क्षति हुने आकलन गरेर खेतमा पस्न नसकेको बताउँछन् । अन्य जिल्लाको तुलनामा तनहुँमा बेमौसमी वर्षाले कम क्षति पुर्याएको छ । तसर्थ जब आकाशको बादल हटेर मौसम खुल्छ त्यसपछि बल्ल धान काट्न सुरु गर्ने मनस्थितिमा किसान छन् । मौसम यस्तै रहीरहे अझै केही दिन धान नकाट्ने सुरु छ उनीहरूको ।
खेतमा धान पाकेर पहेँलै हुँदा पनि मौसमले साथ नदिँदा काट्न सुरु नगरेको शुक्लागण्डकी नगरपालिका–८ लामिताराका किसान दिलबहादुर सुनार बताउँछन् । सुनारले चार सय फाँटमा आठ रोपनी क्षेत्रफलमा धान खेती गरेका छन् ।
उनी भन्छन्, ‘धान पाकिसकेको छ । केही दिन अझै पानी पर्छ भन्ने सुनिन्छ । मौसम पनि पहिलाको जस्तो खुलेको छैन । कुलोको नजिक छ खेत, नकाटौं भने खोला बढेर आएर डुबाउँछ की भन्ने पिर । काटेर भुँइमा सुकाऊ भने पनि त्यहीँ उम्रन्छ की १ दोधारै दोधार बनाएको छ ।’
पाकेको धान भित्र्याउने बेला बेमौसमी वर्षाले किसानलाई जगजगी बनाएको सुनारले बताए । दिलबहादुरका अनुसार चार सय फाँटमा एकाध किसानले मात्रै धान काट्न थालेका छन् । धान काट्नेले पनि मौसमको भर नहुँदा काटेकै दिन घरमै ल्याएर राख्ने गरेको उनले बताए । विगतका वर्षमा धान काटेर खेतमै साता दिनसम्म सुकाएर बल्ल कुन्युँमा राख्ने पछि गोरुले दाही हालेर धान पराल छुट्टाई भकारीमा थन्क्याउने गरिन्थ्यो ।
जिल्लाको ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, शेराफाँट, बाह्रबिसे, तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका फाँटमा धान खेती हुन्छ । असारमा चैते धान थन्क्याएपछि रोपिएको बाहेक अधिकांश टारी र बेसीका फाँटमा यतिबेला धान पहेँलपुर भएर झुलेको छ ।
भिमादको शेराफाँट र बाह्रबिसे फाँटमा दशैँ लगत्तै झरी नपरेको भए ९० प्रतिशत धान काटेर सकिन्थ्यो । आधा जतिले घरको भकारीमा लगेर धान थन्क्याइसक्थे । तर धान पाक्ने बेलामा परेको दशैँ र दशैँ मनाएर नसक्दै सुरु भएको बेमौसमी झरीले पहेँलपुर धान काट्न पाएका छैनन् ।
मौसमले साथ नदिए पनि केहीले डराई(डराई धान काट्न थालेको भिमाद नगरपालिका–९ कोखेका किसान टिकाराम तिवारीले बताए । ‘निर्धक्क भएर धान थन्क्याउन यस वर्ष मौसमले साथ दिएको छैन । धेरै पाकेर धानको बाला चुँड्ने, गेडा झर्ने, ढल्ने जस्ता समस्या देखिएपछि केहीले जोखिम मोलेरै काट्न सुरु गरेका छन्’, उनी अगाडी थप्दै भन्छन्, ‘लामो झरी हाल्यो, घाम लागे पनि झलमल भइरहेको छ । कति बेला पानी खस्ला भन्ने डर भो । डरै डरमा जे होला होला भनेर पाकेको धान काट्नु परेको छ ।’
झरीले धान काट्न नपाएपछि फाँटै पहेँलपुर हुँदा मौसमले साथ दिए पनि भनेको बेलामा थन्क्याउन नपाइने चिन्ता थपिएको तिवारीले बताए । ‘पहिला पो जसको पाक्छ उसको काट्ने थन्काउने हुन्थ्यो । यसपालि त सबैको पाकेको छ । कसैको काट्न पाइएको छैन । सबैको एकै पटक काट्नुपर्दा खेताला पाउन पनि मुस्किल हुने पक्का छ’, उनले भने ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी यसपालि धान काट्दा किसानले सोचविचार पुर्याउनुपर्ने बताउँछन् । विगतका वर्षमा जस्तो एकै पटक धेरै धान काट्ने र केही दिनपछि थन्क्याउने नगर्न किसानलाई उनको सुझाव छ । उनी भन्छन्, ‘दिनभरि काटेको धान त्यही दिन थन्क्याउनुपर्छ । एकै पटक धेरै काट्दा झन् धेरै क्षति हुन सक्छ । मौसम बदली भइरहेको छ, अझ केही दिन पानी पर्न सक्छ ।’
जिल्लामा यसपालि १० हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । तिवारीका अनुसार कात्तिकमा भएको बेमौसमी वर्षाले जिल्लाको दुई हजार दुई सय हेक्टर क्षेत्रफल धान खेतीमा आंशिक क्षति पुर्याएको छ । ३ प्रतिशत धान खेतीमा क्षति भएको हो । यसले धानको कुल उत्पादनमा १० प्रतिशत ह्रास ल्याउने आकलन गरिएको छ ।
तनहुँमा ११ हजार २ सय ६९ हेक्टर क्षेत्रफल धान खेती गर्न योग्य जमिन हो । जिल्लाका किसानले सावित्री, मकवानपुरे, रामधाान सुख्खा १, सुख्खा २ सँगै हाइब्रिड धान लगाउने गरेका छन् । असारमा मानो रोपेर यतिबेला मुरी धान उब्जाई भकारीमा हालेर वर्ष दिन ढुक्क हुने किसानलाई कार्तिक बेमौसमी झरीले चिन्ताको भारी बोकाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार