‘चुरीफुरी’को शीर्ष गीत ओइओइ पियारी
नेपालबहस संवाददाता
कात्तिक ९, २०७८ मंगलबार २१:१०:३९
९ असोज, काठमाडौं । कमेडी जनराको फिल्म ‘चुरीफुरी’ को ‘ओइ ओइ पियारी’ बोलको गीत सोमबार हाइलाइट्स नेपालको युट्युवमार्फत सार्वजनीक गरिएको छ । ऋषिराज आचार्य निर्देशीत फिल्मको उक्त गीतमा समीर आचार्य र बेनीशा पौडेलको स्वर, दीपक शर्माको संगीत छ । निर्देशक आचार्य र संगीतका शर्माको शब्द रहेको गीतको कोरियोग्राफी भिमफेदी गाइज्ले गरेको हो ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा गायक समीर र गायिका बेनीशाले गीत गाएर सुनाएका थिए । संगीतकार दीपकले गीतमा अहिलेको पुस्ताको समसामयिकता प्रस्तुत गरिएको बताए । कार्यक्रममा निर्देशक आचार्यले ‘चुरीफुरी’ सामाजीक बिषयको हाँस्य प्रदान फिल्म भएको बताए । उनले कोरोनाका कारण दिक्दार भएका दर्शकलाई आफ्नो फिल्मले भरपुर मनोरञ्जन दिने दावी गरे ।
जुनीयर अनमोल केसीका रुपमा परिचीत अभिषेक श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्ममा रबिन्द्र झा, शिसिर भण्डारी,दीपक आचार्य, सुरवीर पण्डित,रश्मी भट्ट, पवन खतिवडा (म्याकुरी),सुबोध गौतम (एदुमे),पूजा पन्त,सोना बज्राचार्य, रिन्जिन गुरुङ,राजीवजंग बस्नेत,तुलसीप्रसाद श्रेष्ठ,ऋतु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।
संचारकर्मी लक्ष्मण सुवेदीले संचालन गरेको कार्यक्रममा अभिषेकले आफूले बच्चैदेखि अभिनयमा करिअर बनाउने सपना बुनेको र पहिलो फिल्म स्वरुप ‘चुरीफुरी’ आउन लागेकोमा खुशी ब्यक्त गरे । केही म्युजीक भिडियोमा अभिनय गरेको अभिषेकले यो फिल्मबाट दर्शकले आफूलाई अभिनेताका रुपमा समेत स्वीकार्ने बिश्वास ब्यक्त गरे ।
यही फिल्मबाट डेब्यु गरेका पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङले पनि आफूहरु फिल्मप्रति निकै आशावादी रहेको बताए । फिल्मका अर्का कलाकार राजीवजंग बस्नेतले पनि दर्शकलाई ‘चुरीफुरी’ ले भरपुर मनोरञ्जन दिने दावी गरे ।
बोर्ड अध्यक्ष दाहालले चलचित्र क्षेत्र चलायमान बनाउन आफूहरु लागीपरेको बताउदै अहिलेको अबस्थामा फिल्म प्रदर्शन गर्न तयार भएका निर्माताहरुलाई बोर्डले सक्दो सहयोग गर्ने जानकारी दिए । उनले सबैको साथ,सहयोग र हौसलाले मात्रै नेपाली फिल्म फेरि जुर्मुराउने बताउदै ‘चुरीफुरी’ लाई सफलताको शुभकामना ब्यक्त गरे । कार्यक्रममा फिल्ममा अभिनीत कलाकारहरु सुरवीर पण्डित (दारी बा),शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे)लगायतले पनि आफ्ना धारणा प्रस्तुत गरेका थिए । उनीहरु सबैले ‘चुरीफुरी’ ले फिल्म हेर्ने माहौल तताएर लग्ने बिश्वास ब्यक्त गरे ।
आरबी मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल छन् । राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सहनिर्माता रहेको फिल्मलाई डिसिएनले वितरण गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार