डिप्रोक्स लघुवित्तको मुनाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
कात्तिक १२, २०७८ शुक्रबार १२:४६:४४
१२ कार्तिक, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको मुनाफासँगै अधिकांश सूचकमा गिरावट देखिएको छ।
पहिलो त्रैमाससम्ममा लघुवित्तले १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १९ करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा लघुवित्तको ब्याज आम्दानी १.२० प्रतिशत घटेको छ भने ११ करोड ९ लाख ऋणात्मकबाट २३ करोड २ लाख धनात्मक भएको छ। सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा धनात्मक बन्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३८ प्रतिशत बढेको छ भने जगेडा कोष ११.८० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २४.१७ प्रतिशत र निक्षेप ३१.३७ प्रतिशत बढेको छ भने कर्जा २७.८६ प्रतिशत बढेको छ।
मुनाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७८ रुपैयाँ ८१ पैसाबाट २८ रुपैयाँ ७७ पैसा घटेर ५० रुपैयाँ ४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ३२ पैसा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना
असार ३, २०८१ सोमबार
बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार