फिल्म निर्माताबाट हल मालिक बन्दै दीपकराज
नेपालबहस संवाददाता
कात्तिक १४, २०७८ सोमबार २:४२:२६
१४ कार्तिक, काठमाडौं । टेलिफिल्म तीतो-सत्य हुँदै फिल्म निर्माण तथा अभिनयमा सफल मानिएका कलाकार हुन्, दीपकराज गिरी । ६ एकान ६ , वडा नम्बर ६ सँगै छक्का पञ्जा सिरिजमा दीपकले दर्शकको माया पाइरहेका छन् । नेपालको विग निर्मातामा दीपक पर्छन् । प्रायस् फिल्म प्रदर्शनको समयमा उनले वितरक र हल संचालकले नेपाली फिल्मका निर्माताहरूलाई पाखा लगाउने गरेको गुनासो गर्ने गरेका छन् ।
विदेशी फिल्ममा मनग्य पैसा लगानी गरे तापनि नेपाली फिल्मलाई प्रदर्शनमा समेत वितरकले नसघाउने गुनासो उनको हुन्थ्यो । यिनै दीपक केही समय अगाडि फिल्म वितरण कम्पनी एफडीसँग जोडिएका थिए । अब उनी हल संचालक पनि बन्ने भएका छन् । उनले आफ्ना साथीहरूसँगको सहकार्यमा नयाँ बानेश्वरमा हल संचालनमा ल्याउँदै छन् । यसै वर्षदेखि संचालनमा ल्याउने तयारीका साथ काम भइरहेको दीपकले बताउँदै आएका छन् ।
निर्माता हुँदा उठाउने आवाज अब उनले उठाउलान् त रु भन्ने जिज्ञासा हुनु स्वाभाविक नै हो । दीपक भने आफूले सदैव कलाकार र निर्माताका लागि बोल्ने बताउँछन् । ‘म पहिला कलाकार हुँ, त्यसपछि निर्माता, वितरक र हल संचालक हुँदै छु । मेरो आवाज कलाकार र निर्माताका लागि सदैव उठ्छ । यसमा दुई मत नै छैन’, दीपकले भने । गत शुक्रबार एक हलको उद्घाटनका लागि पुगेका दीपकले आफूलाई कलाकार भन्दा खुसी लाग्ने बताए ।
कोरोना भाइरसपछिको समयमा अब निर्माता, वितरक र प्रदर्शकले आपसी सहकार्य गरेर मात्र नेपाली फिल्म पहिलेको स्थानमा पुग्ने उनको बुझाइ छ । ‘यो समय आन्तरिक प्रतिस्पर्धाको होइन, हामीले सहकार्य गर्न नसके त्यसको असर हामीलाई नै पर्छु, उनी भन्छन्, ‘अब दर्शकलाई हल सुरक्षित रहेको संदेश पुर्याएर हलसम्म ल्याउन लाग्नुको विकल्प छैन ।’ दीपकले हाललाई नेपाली बजार सुहाउँदो फिल्म दर्शकमाझ ल्याउनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार