समता घरेलु लघुवित्तद्वारा २५ प्रतिशत लाभांश घोषणा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १५, २०७८ सोमबार २२:४१:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/dividend-e1611048858663_1aBbtJwXFl.jpg)
१५ असोज, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । समता घरेलु लघुवित्तले गत वर्षको मुनाफा शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको सोमवार दिउँसो बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २८ करोड ५६ लाख २० हजारको आधारमा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
कम्पनीले प्रस्ताव गरेको लाभांशमा यस वर्ष छूटको व्यवस्था छ । साविकको समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था बीच मर्जर प्रक्रिया सम्पन्न भई २०७८ वैशाख २ गतेदेखि एकीकृत कारोबार शुरु भएकाले घोषित लाभांशमा लाग्ने कर छूट भने हुने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार