तिहारमा पनि मादलको माग कम, वादी समुदाय आर्थिक संकटमा
नेपालबहस संवाददाता
कात्तिक १९, २०७८ शनिबार ३:१८:२०
१९ कार्तिक, दाङ । जीतबहादुर बादी तिहार भित्रिसक्दा पनि फुर्सदिलो छन् । तुलसीपुर–४ का उनलाई यस वर्ष पनि देउसीभैलोका लागि मादलको माग आउन सकेको छैन्। मादलको माग कम आएपछि उनी फुर्सदिलो बनेका हुन् ।
कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गए पनि देउसीभैलीको लागि मादल बनाउने, मादल किन्नेहरूको संख्या बढ्न नसकेको उनको गुनासो छ । ‘गतवर्ष कोरोनाले मादलको व्यापार भएन्, यसवर्ष पनि अहिलेसम्म मादलको व्यापार हुन सकेन्’, उनले भने, ‘मादलको माग कोरोनापछि ह्वात्तै घटेको छ ।’
मादलको माग घटेपछि दैनिकी कसरी चलाउने हो, चिन्ताले सताउन थालेको उनले बताए । ‘विषेशगरी धेरै आम्दानी हुने समय भनेको त तिहार नै हो, यो समयमा पनि मादलको माग कम भएको छ’, उनले भने, ‘मादलको व्यापार नहुँदा तिहार कसरी धकेल्ने हो भन्ने चिन्ताले सताएको छ ।’
दीपावली पर्वमा मादलबाट राम्रै आम्दानी हुने गरेपनि यसवर्ष त्यस्तो अवस्था नदेखिएको सोहि ठाउँकै दुर्गाबहादुर नेपालीले बताए । यसवर्षको तिहारमा अहिलेसम्म उनलाई मादलको माग आउन सकेको छैन । मादल नेपाली गीतसंगीतका लागिमात्र नभएर तिहारमा खेलिने देउसीभैलोको लागि महत्वपूर्ण मनिने बाजा हो । तर, पछिल्लो समयमा मादलको माग कम हुँदा बादी समुदायको पेसा नै संकटमा परेको छ ।
गतवर्षमा कोरोना महामारीले देउसी भैलो नै नहुने भएपछि मादलको माग घटेको थियो , पछिल्लो समयमा भने बजारमा भित्रिएको प्रविधिले पनि मादलको मागमा कमि आएको उनीहरूको गुनासो छ । तुलसीपुर उपमहानगरपालिका-४ बायखोलका गेहेन्द्र बादीलाई कुनै समय तिहारको समयमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो । तिहारमा खेलिने देउसीभैलोका लागि मादलको माग अत्यधिक हुँदा उनले वर्ष दिनको आम्दानी तिहारमा मात्र गर्थे, तर करिब तीन वर्षदेखि उनले मादलबाट मनग्य आम्दानी गर्न सकेका छैनन् ।
‘मादलबाट आम्दानी पनि राम्रै भएको थियो’, उनले भने, ‘कोरोना महामारी सुरु भएयता मादलको व्यापार हुन सकेको छैन । यसवर्ष पनि गतवर्षकै प्रभावका कारण मादलको व्यापार घटेको छ ।’
तिहारको समयमा ४०/५० वटा मादलको व्यापार गर्ने गरेका उनले पछिल्लो समय तिहारको समयमा ५/७ वटामात्र पनि मुस्किलले बिक्रि गर्ने गरेका छन् । ‘मादलको खोजी पनि कम हुन थालेको छ । मादल नै कम बजाएपछि व्यापार धेरै कम हुन थालेको छ’, उनले भने, ‘अहिले कोरोना महामारीपछि त हामीहरू धेरै समस्यामा परेका छौँ ।’
मादल बनाएरै आफू र आफ्नो परिवारको दैनिकी चलाउन सहज बनेको अवस्थामा पछिल्लो समय मादलको माग कम हुँदा समस्या हुन थालेको उनले बताए । ‘मादलको व्यापार नै छैन, मादल बिक्री हुने समय भनेकै त तिहारको समय हो । तर पछिल्लो समय कोरोना महामारीका कारण मादलको माग पनि ह्वात्तै घटेको छ’, उनले भने, ‘ पछिल्ला वर्षहरुमा तिहारमा मादलको माग घट्न थालेको छ । अब त मादल बनाएर पनि दैनिकी चल्दैन ।’
तिहारको समयमा विगतका वर्षहरूमा दैनिक रूपमा चार हजारसम्म आम्दानी गर्ने गरे पनि यसवर्ष एक हजारको समेत व्यापार हुन नसकेको उनले बताए । ‘मादल प्रविधिको कारणले पनि पछिल्लो समय हराउँदै गएको छ । गतवर्षका दिनमा कोरोना महामारीले तिहारमा भैली नहुने भएपछि मादलको माग पनि आउन सकेको थिएन, यसवर्ष पनि त्यस्तै भएको छ’, उनले भने, ‘अब त आशा पनि मरिसक्यो, आम्दानी नै नभएपछि तिहार पनि नरमालो हुने भयो ।’
मादलको बजार राम्रो नभएपछि बादी समुदायको बाबुबाजेले गर्दै आएको मादल बनाउने पेसा संकटमा पर्न थालेको छ । अब यस्तै अवस्था भएमा भावी पुस्तलाई मादल बनाउनेबारे ज्ञानको अभाव हुने निश्चित देखिएको ति बादी समुदायले कसरी बनाउने भन्ने पनि समस्या उब्जन थालेको छ । बजारमा भित्रिएको प्रविधि र कोरोनाको प्रभाव अझै भएकाले बादी समयुदायको मादल बनाउने पेसा नै संकटमा परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै
जेठ ३, २०८१ बिहिबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार