आईपीओ निष्कासन तयारीमा रहेको उपकार लघुवित्तको ब्याज आम्दानीसँगै मुनाफामा पनि गिरावट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २३, २०७८ मंगलबार २१:२९:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/financial_report_REuI1w2bNs.jpg)
२३ कार्तिक, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा उच्च दरले गिरावट आएको छ । अघिल्लो आवको पहिलो त्रैमासमा लघुवित्तले २ करोड २६ लाख ७७ हजार मुनाफा गरेको थियो । चालू आवको सोही अवधिमा लघुवित्तले ४१ लाख ३५ हजार मुनाफा गरेको छ । जुन मुनाफा अघिल्लो आवको तुलनामा ८१ प्रतिशत कम हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ३ करोड ४३ लाख ऋणात्मक रहेका छ त्यस्तै लघुवित्तको ब्याज आम्दानीमा ९ दशमलव २० प्रतिशतले गिरावट आएको छ ।
कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रहेको छ भने जगेडामा १३ करोड १३ लाख ९१ हजार सञ्चित गरेको छ । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा पनि रहेको छ । कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार