आँधीखोलाको मुनाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार १७:५२:४४
२४ कार्तिक, काठमाडौं । आँधीखोला लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९३ लाख ४४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६६ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
असोज मसान्तसम्ममा लघुवित्तको ब्याज आम्दानी १८.३० प्रतिशत बढेर १ करोड ८१ लाख पुगेको छ । त्यस्तै, सञ्चालन आम्दानी १९.४८ प्रतिशत बढेर २ करोड ४२ लाख पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ५.५३ प्रतिशतले बढेर ९६ लाख १४ बजार पुगेको छ । सम्भावित जोखिमबापतको व्यवस्थामा २६ लाख ८६ हजार रुपैयाँ छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा वृद्धिदर घटेको हो।
लघुवित्तको चुक्ता पूँजी १० करोड रहेको छ । जगेडा कोष ६६.२४ प्रतिशत बढेर ७ करोड ८७ लाख पुगेको छ। त्यसैगरी, लघुवित्तको सापटी समीक्षा अवधिमा ४८.१६ प्रतिशत बढेको छ भने निक्षेप २९.२९ प्रतिशत र कर्जा ३८.६६ प्रतिशत बढेको छ।
असोज मसान्तसम्ममा २६ रुपैयाँ ४२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३७ रुपैयाँ ३८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात १२.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ७९ पैसा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
संसदीय समिति गठन गर्दा गृहमन्त्रीको नाम राख्नैपर्ने कांग्रेसको अडान कायमै
जेठ १३, २०८१ आइतबार
बागमतीमा दैनिक २० भन्दा बढी सवारी दुर्घटना
जेठ १३, २०८१ आइतबार
सिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता, कांग्रेस सभापति देउवासँग छलफल
जेठ १३, २०८१ आइतबार
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
जेठ १३, २०८१ आइतबार
भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, १२ बालबालिकासहित २७ जनाको मृत्यु
जेठ १३, २०८१ आइतबार