पत्रकार महासंघका पूर्वअध्यक्ष झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक २९, २०७८ मंगलबार २:२९:४०
२९ कार्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच झाद्वारा लिखित मैथिलीको पहिलो तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक भएको हो।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी, प्रकाशक दामोदर दवाडीले संयुक्त रूपमा झाको तांका संग्रह सार्वजनिक गरेका हुन्।
पत्रकार झा मैथिली साहित्यमा धर्मेन्द्र विह्वलका नामले स्थापित छन् । झाले ११२ वटा तांका लेखिएको ‘व्योमक ओहि पार’ को प्रकाशण नेपालवाणी मिडिया गु्रप प्रालिले गरेको छ।
यसअघि मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसकेका झाले मैथिली भाषामा पहिलोपटक तांका संग्रह प्रकाशण गर्ने जमर्को गरेको बताए।
पत्रकारिताका साथै मैथिली र नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका झाको यसअघि मैथिलीमा रास्ता तकैत जिनगी ‘कविता संग्रह’, एक सृष्टि एक कविता ‘दीर्घ कविता’, एक समयक बात ‘हाइकु संग्रह’ र धुवाँएल आकृतिसभ ‘छौक संग्रह’ प्रकाशित भइसकेका छन्।
यसैगरी गोनुझाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायतका नेपाली कृतिहरू प्रकाशित भएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार