२० निर्जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमाशुल्क ?
नेपालबहस संवाददाता
मंसिर १४, २०७८ मंगलबार १६:३५:५
१४ मंसिर, काठमाडौं । २० निर्जीवन बीमा कम्पनीले साढे १८ अर्ब बीमाशुल्क आर्जन गरेको छ । २० निर्जीवन बीमा कम्पनीले कात्तिक महिनासम्ममा १२ अर्ब ५८ रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको चार महिना अर्थात कात्तिक महिनासम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ५८ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क शिखर इनस्योरेन्सले गरेको छ । कम्पनीले कार्तिक मसान्तसम्ममा १ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
शिखरपछि सगरमाथा इन्स्योरेन्सले अन्य कम्पनीको तुलनामा बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब २० करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
शिखर र सगरमाथा इन्स्योरेन्स बढी बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेको परेको छ। चालु आवको कात्तिक महिनासम्ममा कम्पनीले १ अर्ब ५ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ९० करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ८३ करोड ३५ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ७७ करोड ७८ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ५८ करोड ८९ लाख , यूनाइटेडले ५८ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै, आइएमई जनरलले ५२ करोड ९ लाख, प्रभु इन्स्योरेन्सले ५१ करोड ४३ लाख, अजोड इन्स्योरेन्सले ५१ करोड ४१ लाख, राष्ट्रिय बीमा कम्पनीले ४८ करोड ६८ लाख रुपैयाँ, ओरियण्टल इन्योरेन्सले ४७ करोड ६२ लाख रुपैयाँ, लुम्बिनी जनरलले ४७ करोड६ लाख, नेपाल इन्स्योरेन्सले ४६ करोड ६१ लाख, प्रुडेन्यिसल इन्स्योरेन्सले ४३ करोड ४५ लाख, एभरेष्ट इन्स्योरेन्सले ४२ करोड,नेशनल इन्स्योरेन्सले ३३ करोड, जनरल इन्स्योरेन्सले ३२ करोड र सानिमा जनरलले २८ कराड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार