छविराज ओझा नयाँ फिल्म बनाउने तयारीमा
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ बिहिबार २२:३०:२७
१६ मंसिर, काठमाडौं । चलचित्र निर्मता छविराज ओझा नयाँ फिल्म बनाउने तयारी गरेका छन् । ओझाले आफ्नो ५७ औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् ।
निर्माण गर्न लागेको चलचित्रको नाम नखुलाई ओझाले स्क्रिप्ट र गीतमा काम भइरहेको बताइएको छ । छविको चलचित्र ‘मंगलम’को ‘पर्खपर्ख मायालु’ बोलको गीत संगीतकार दीपक शर्माले कम्पोज गरेका थिए र गीत निकै हिट भएको थियो।
ओझाको नयाँ फिल्ममा पनि संगीतकारका रुपमा दीपक नै आबद्ध भएका छन्। गीतमा प्रविशा अधिकारी र डेबिड शंकरले स्वर दिएका छन्। निर्माता ओझासँग निर्देशकका रुपमा नवराज शर्माले सहकार्य गर्दैछन्।
शर्माले यसअघि सयभन्दा बढी फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन्। शर्माको पहिलो निर्देशनमा बन्न लागेको फिल्मको स्क्रिप्टमा काम भइरहेको ओझाले बताए।
दुई महिनापछि छायांकन सुरु गर्ने भनिएको फिल्मका लागि छविले कलाकार छनोट गरिरहेका छन्। द्वन्द्व र प्रेमलाई मुख्य विषयवस्तु बनाई फिल्म निर्माण गर्ने ओझा यसपटक लभस्टोरी जनरामा फिल्म निर्माण गर्दैछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार