परिवर्तनमा शिक्षकको योगदान ठूलो छ : अध्यक्ष ओली
सरला बैजु
मंसिर १७, २०७८ शनिबार २:१९:१७
१७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनमा शिक्षकको ठूलो योगदान रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरले आज आयोजना गरेको ‘शिक्षक भवन उद्घाटन एवं १२औँ जिल्ला अधिवेशन’ समारोहमा उनले शिक्षकले कर्तव्यनिष्ठ, नैतिकवान र असल नागरिक तयार गर्नमा सराहनीय काम गरेको बताए ।“एक कुशल शिक्षकले दैनिक विद्यालयमा गएर पढाउने मात्रै नभएर समाजको जागरणमा समेत काम गर्नुपर्छ, एमालेले शिक्षकको काम र योगदानको सदैव सम्मान गर्दछ ।”
एमालेका केन्द्रीय सदस्य शुसिला नेपालले शिक्षा प्रणालीलाई अब वैज्ञानिक बनाएर प्रगतिशिलतातर्फ रुपान्तरण गर्न आवश्यक रहेको बताईन् । सांसद नवराज सिलवालले शिक्षाको स्तरलाई अझै उकासेर लैजान आग्रह गरे । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल र ज्ञानेन्द्र शाक्यले शिक्षकले सहकार्यका माध्यमबाट आफनो पेशालाई अझ सुदृढ गर्दै लानुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष ओलीले ‘शिक्षक सन्देश’ नामक विशेषांक विमोचन गर्नाका साथै सो विद्यालय निर्माणमा एक लाखभन्दा बढी रकम सहयोग गर्ने २७ शिक्षक दम्पत्तिलाई सम्मान गरे । सो भवन ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित साँढे तीन आना जग्गामा करिब पाँच करोड लागतमा १० कोठाको निर्माण गरिएको संगठनका अध्यक्ष सुरेन्द्र घिमिरेले बताए ।
–––
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
जेठ १७, २०८१ बिहिबार