अमेरिकामा दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ आयोजना हुने
नेपालबहस संवाददाता
मंसिर १९, २०७८ आइतबार २२:२०:३२
१९ मंसिर, काठमाडौं । ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ । आयोजक हुकुम मल्टिमिडिया प्रा.लिले आइतबार बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै अवार्डको बिभिन्न पक्षको जानकारी दिएको हो ।
नेपालमा निर्माण भएका आदिवासी जनजाती र मातृभाषामा निमार्ण भएका फिल्मको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागको अवार्ड नेपाली नयाँ बर्ष अर्थात आगामी २०७९ बैशाख १ गते आयोजना हुनेछ ।
फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सम्पादक, नव अभिनेता, नव अभिनेत्री, छायाकार, खलकलाकार, कथा, ब्याकग्राउड म्युजिक, द्धन्द निर्देशक र नव निर्देशक गरेर बिभिन्न १३ बिधामा अवार्ड समेटिएको छ ।
कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दर्शक डरका कारण हलसम्म आउँन नसकेको बताए । उनले सार्वजनिक यातायात, सपिङ सेन्टर भन्दा फिल्म हल दर्शकका लागि धेरै सुरक्षित रहेको बताए । उनले निर्धक फिल्म हेर्न आगैह समेत गरे ।
कार्यक्रममा कलाकार संघका पुर्व महासचिव एंव अभिनेत्री सरिता लामिछाने, बरिष्ठ चलचित्र निर्देशक ऋृषि लामिछानेले अवार्डले जनजातीको संस्कार जोगाउन थप टेवा पुग्ने बताउए । अवार्ड निस्पक्ष हुनुपर्ने धारणा उनीहरुले राखेका थिए । आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अवार्डले श्रष्ठा र सृजनाको रक्षा गर्ने बताए ।
हुकम मल्टिमिडियाले अवार्डको पहिलो संस्करण २०७६ माघ ८ गते थाइल्याण्डको पटैयामा आयोजना गरेको थियो । हरेक बर्ष नियमित आयोजना गर्ने उदेश्यले सुरु भएको अवार्ड कोरोना महामारीका कारण विचको बर्षहरुमा आयोजना हुन सकेन ।
बिस्तारै फिल्म क्षेत्र पहिलेकै गतिमा फर्किने अवस्थामा पुगेकोले अवार्डको आयोजना गर्न लागिएको हुकुम मल्टिमिडियाका अध्यक्ष धनबहादुर बम्जन (डिबि) ले बताए । ‘आदिवासी जनजाति मातृभाषी फिल्महरु स्वदेशमा मात्र होइन विदेशमा पनि पुर्याउनु हाम्रो उदेश्य पनि हो’ बम्जन ‘अवार्ड फिम तथा फिल्मकर्मीको प्रचार प्रसार समेत हुनेछ ।’
आयोजक मल्टिमिडियाले अवार्डमा सहभागी फिल्मका लागि आवेदन समेत खुल्ला गरेको छ । आवेदनका लागि फारम आदिवासी जनजाती चलचित्र महांघको कार्यालय र हुकुम मल्टिमिडियाको कार्यलयबाट प्राप्त गर्न सकिने आयोजनाले जनाएको छ ।
अवार्डमा विकास बोर्ड, आदिबासी जनजाति चलचित्र महासंघ लगायत बिभिन्न संघसंस्थाको समेत सहकार्य रहनेछ । त्यसै गरि अमेरिकाको स्थानिय व्यवस्थापनमा ‘द वल्ड नेपाल न्युज ’र ‘८८४८ पिक्चर्स डट कम’ लगायत बिभिन्न संघसंस्था पनि अवार्डमा जोडिएको आयोजकले जानकारी दिए ।
कार्यक्रममा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत थुप्रै कलाकर्मीको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार