कक्षा ११ र १२ मा ‘डी प्लस’ ल्याउनेले मात्र प्रमाणपत्र पाउने
सरला बैजु
मंसिर १९, २०७८ सोमबार ३:१२:३
१९ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्न निश्चित मापदण्डको आधार तयार गरेको छ ।
बोर्डले अंक पद्दति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अंक ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण भइ सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मक तर्फ न्यूनतम ४० प्रतिशत अंक प्राप्त गरेका विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने भएको छ ।
त्यस्तै अक्षरांकन पद्दति (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अंक ७४ वा सोभन्दा बढी भएका) अनुरुप परीक्षामा सहभागी भइ कक्षा ११ र १२ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्र पाउने बोर्डले जनाएको छ ।
कुनै विषयमा सी वा डी प्लस प्राप्त गरी पुनः ग्रेडवृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरुले ग्रेडवृद्धि परीक्षाको नतिजा आउनुपूर्व नै शैक्षिक प्रमाणपत्र लिएको खण्डमा पछिल्लो पटक दिएको ग्रेडवृद्धि परीक्षाको परीक्षाफल समावेश नहुने सो मापदण्डमा उल्लेख छ ।
ग्रेडवृद्धिको परीक्षा दिएका विद्यार्थीले उक्त पुरक परीक्षाको नतिजा प्राप्त भए पश्चात् मात्र शैक्षिक योग्यताका प्रमाणपत्रका लागि निवेदन पेश गर्न समेत बार्डले आग्रह गरेको छ ।
शैक्षिक प्रमाणपत्रहरू बापत ट्रान्स्कृप्ट, माइग्रेशन र प्रोभिजनल लिनका लागि विद्यार्थीले क्रमश ३५०, ४०० र ३५० गरी जम्मा रु। १ हजार १ सय तिर्नुपर्नेछ । कक्षा १२ को मौका परीक्षाबाट उत्तीर्ण भएका विद्यार्थीहरुले प्रमाणपत्रका लागि थप रु। ३५० बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
महोत्तरीमा सामुदायिक विद्यालयबाट एसईईमा सहभागी छात्रा अधिक
चैत १५, २०८० बिहिबार
एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न
चैत १५, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार