‘लाखे’ फिल्मका लागि अडिसन मार्फत १० कलाकार छनौट
नेपालबहस संवाददाता
मंसिर २०, २०७८ सोमबार १९:२२:३४
२० मंसिर, काठमाडौं । फिल्म ‘लाखे’ का लागि १० कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म कलेजमा एक अडिसन गर्दै फिल्मका लागि एक सह–अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।
‘फिल्मको पात्र अनुसार अहिले अडिसन दिने मध्यबाट १० कलाकार छानिएका छन्’ निर्देशक बस्नेतले भने ‘थप छानिने कलाकारको सुचि फिल्मको आधिकारिक फेसबुक पेज तथा इस्टाग्राम मार्फत सार्वजनिक गरिनेछ ।’
फिल्मका लागि अडिसन मार्फत पहिलो चरणमा सह– नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहेका छन् । २०० बढी ब्यक्तिले फिल्मका लागि अडिसन दिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरी कार्यकारीले बताए ।
सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकारको अभिनय रहने फिल्मका लागि मुख्य अभिनेत्री भने छनौट हुन बाँकी रहेको छ ।
ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम लागेको जुर्याइएको हो’ निर्देशक बस्नेते भने । दिलिप पन्त प्रोडक्सन डिजाइनर रहेको फिल्मको छायांकन पुसको दोस्रो साताबाट सुरु हुनेछ ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार