समस्याको जञ्जालमा बौद्धिक अपांगहरु
सरला बैजु
मंसिर २०, २०७८ मंगलबार ३:१३:४४
नारायण अधिकारी
२० मंसिर, चितवन । बौद्धिक अपांगता भएका व्यक्ति र उनीहरुको परिवारको समस्या देशका तीनै तहका सरकारले सुनुवाइ नगर्दा समस्यामा पर्दै आएको गुनासो गरेका छन् । अहिले देशभर रहेका बौद्धिक अपांगता भएका व्यक्तिहरुको समस्या पहिचानदेखि हरेक समस्या समाधानमा राज्यले ध्यान दिन नसक्नु मुख्य चुनौतीका रूपमा रहेको बौद्धिक अपांगताका अभिभावकहरुले गुनासो गरेका हुन् ।
बौद्धिक अपांगता अभिभावक महासंघ नेपालको दसौँ वार्षिक साधारणसभा तथा पाँचाँै महाधिवेशनमा सहभागी हुन यहाँ आएका अभिभावकहरुले राज्यले आफूहरुको समस्याको सुनुवाइ नगर्दा अफ्ठ्यारो भएको बताएका हुन् ।
महासंघका केन्द्रीय अध्यक्ष राजु बस्नेत बौद्धिक अपांगताको पहिचानमा नै समस्या रहेको बताउँछन् । उनले भने, “देशभरि छरिएर रहेका बौद्धिक अपांगता भएका व्यक्तिहरुको पहिचानमा नै समस्या छ ।” उमेरअनुसार बौद्धिक विकास हुन नसकेका व्यक्तिहरुलाई अपांगतामा राखिएको भए पनि उनीहरुको लालनपालनमा मुख्य समस्या देखिने गरेको उनको भनाइ छ ।
उनले थपे, “सबैभन्दा जटिल अपांगता भनेको बौद्धिक अपांगता हो ।” हेर्दा हट्टाकट्टा देखिए पनि उनीहरु परिवारको सहाराबिना हिँड्डुल गर्न नसक्ने उनको भनाइ छ । राज्यले उनीहरुको उपचारका लागि आवश्यक बजेटसमेत विनियोजन गर्न नसक्दा कतिपयको अवस्था दयनीय बन्दै गएको उनले बताए । उनले भने, “मासिक पाँचदेखि सात हजारको औषधि खुवाउनुपर्ने हुन्छ । तर राज्यले अपांगता भएका व्यक्तिहरुलाई दुई हजारदेखि चार हजारसम्म मात्रै सहयोग गर्दै आएको छ, यो रकमले औषधि खुवाउने कि उसको लालनपालनमा खर्च गर्ने ?”, उनले दुःखेसो पाखे । उनीहरुका लागि राज्यले व्यक्तिगत सहयोगीको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
महासंघका महासचिव रामनारायण श्रेष्ठले राष्ट्रिय जनगणनाले समेत बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई पछाडि पारेको भन्दै गुनासो गरे । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट समेत उनीहरु वञ्चित बन्दा अभिभावकको मन खिन्न हुने गरेको उनले बताए । उनीहरुका लागि स्रोत कक्षाको सञ्चालन, छुट्टै शिक्षकको व्यवस्था, विद्यालयको व्यवस्था, खेलकुद जस्ता महत्वपूर्ण कामहरु राज्यले गर्न सके अभिभावकहरुले राहत पाउने उनको भनाइ थियो ।
पर्वतबाट आएका गणेश सुवेदीकी १३ वर्षीया छोरीमा बौद्धिक अपांगता देखिएको छ । जन्मँदा राम्रो भए पनि पछि आएर यो समस्या देखिएको उनको भनाइ छ । परिवारमा यो समस्या भएको सदस्य भएपछि रोजगारीसमेत छोडेर बस्नुपरेको उनको गुनासो छ । उनले भने, “नजिकैको सहकारीमा श्रीमतीको रोजगारी थियो । परिवार जेनतेन चलेको थियो । तर अहिले रोजगारी पनि छोड्नु प¥यो ।” छोरी हेर्नका लागि नै भनेर घर बस्नुपरेको उनको गुनासो थियो । राज्यले दिवा हेरचाह केन्द्रको व्यवस्था गर्न सके परिवारले केही गरेर खानसक्ने उनले बताए ।
सप्तरीको राजविराज नगरपालिका–३ का जगदीशप्रसाद आर्यालले ३४ वर्षीया छोरीको हेरचाह गर्दै दिन बिताउने गरेको गुनासो गरे । उनकी जेठी छोरीमा यो समस्या देखिएपछि आफ्नो कामधन्दा छोडेर छोरीको हेरचाह गर्नुपरेको उनले बताए । उनले भने, “अब त परिवारको भन्दा पनि समाजको काम गरौँ भन्ने समय आयो तर छोरी हेरेर बस्नुपरेको छ ।” छोरी हेर्नका लागि राज्यले एकजना व्यक्तिको व्यवस्था वा दिवा हेरचाह केन्द्र स्थापना गरिदए सहज हुने उनको भनाइ थियो ।
बौद्धिक अपांगता अभिभावक महासंघका सदस्य संस्थाहरुले अहिले देशभर २१ स्थानमा दिवा हेरचाह केन्द्र सञ्चालनमा ल्याएका छन् । यसलाई अभिभावकहरुले नै चलाउँदै आएका छन् । उनीहरुले नै व्यवस्थापन गर्दै आएका छन् । विसं २०६८ को जनगणनमा बौद्धिक अपांगता भएका व्यक्तिहरु १४ हजार ८८८ रहेको जनाइएको भए पनि त्यसभन्दा धेरै बौद्धिक अपांगता रहेको महासंघको दाबी छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार